भदौ १६, काठमाडौं । कतारले बिहीबारदेखि अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिन सुरू गरेको छ । कतार आन्तरिक (गृह) मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौं । कतारले बिहीबारदेखि अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिन सुरू गरेको छ । कतार आन्तरिक (गृह) मन"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

कतारले थाल्यो अवैध कामदारका लागि ३ महिने यस्तो अभियान, कहाँ सम्पर्क गर्ने ?

१६ भाद्र २०७३, बिहीबार १२:१८

भदौ १६, काठमाडौं । कतारले बिहीबारदेखि अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिन सुरू गरेको छ । कतार आन्तरिक (गृह) मन्त्रालयले ३ महिनाको अवधि तोकेर अवैध कामदारहरुलाई आममाफी दिन सुरू गरेको हो ।

बिहीबारदेखि सुरु भएको आममाफीको प्रक्रिया डिसेम्बर १ सम्म चल्नेछ । यो अवधिमा विभिन्न कारण करार सम्झौता भएका कम्पनी छाडेर अरु नै ठाउँमा काम गर्दै आएका कामदार प्रक्रिया पुरा गरेर स्वदेश फर्किन पाउने छन् ।

कतारको गृह मन्त्रालयले अवैध रुपमा बसिरहेका आप्रवासी कामदारलाई स्वदेश फर्किन सहज वातावरण तयार गरिएको बताएको छ । कतारमा ठूलो संख्यामा अवैध विदेशी कामदार कार्यरत छन्, जसमा नेपालीहरुको संख्या उल्लेख्य छ  । अब त्यहाँको सरकारले तोकेको प्रक्रिया पुरा गरेर उनीहरुलाई बिना सजाय घर फर्किन सक्नेछन् ।

आममाफी प्रक्रियाका लागि पासपोर्ट, पासपोर्ट नभए नेपाली दूतावासले जारी गरेको ‘ट्राभल डकुमेन्ट’, टिकट र पतका आइडीको फोटोकपी आवश्यक पर्छ । अवैधानिक कामदारले कामदार आइतबारदेखि बिहीबारसम्म दिउँसो २ बजेदेखि राति ८ बजेसम्म (स्थानीय समय अनुसार) सनैयास्थित खोज तथा अनुसन्धान विभाग (सिआइडी) मा निवेदन दिन सक्छन् ।

कतारले आवश्यक प्रक्रिया पुरा गरेर निवेदन दिएको तीन दिनभित्र कतारबाट बिना सजाय स्वदेश फर्किन ‘इक्जिट परमिट’ दिने भएको छ । सन् २०२२ को विश्वकप आयोजनाको जिम्मा पाएको कतारले अवैध कामदार र उनीहरुको अवस्थालाई लिएर पछिल्लो समय अन्तर्राष्ट्रिय मानवधिकारवादी संघ संस्था र विभिन्न देशको दबाव खेप्दै आएको थियो ।

कतारले सन् २००९ मा लागू गरेको आप्रवासी कामदर समबन्धी कानुन नम्बर ४ अनुसारका कामदारलाई आममाफी दिनेछ । तर, आममाफी सुविधा लिएर स्वदेश फर्किने कामदार २ वर्षसम्म फेरि कतारमा जान पाउने छैनन् । कतार सरकारले यसअघि सन् २००४ मा आममाफी प्रक्रिया चलाएको थियो । अनलाइनखबरबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव