भदौ २०, काठमाडौं । भाग्य भएपछि डोकोमा दुध दुहुँदा पनि अडिन्छ, तालुमा आलु फल्छ । सायद यी उक्ति कोही सिमित व्यक्तिको जीवनमा चरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, काठमाडौं । भाग्य भएपछि डोकोमा दुध दुहुँदा पनि अडिन्छ, तालुमा आलु फल्छ । सायद यी उक्ति कोही सिमित व्यक्तिको जीवनमा चरि"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

एक भाग्यमानी नेपाली जसले दुबईमा जिते १० करोडको चिट्ठा

२० भाद्र २०७३, सोमबार १०:५३

भदौ २०, काठमाडौं । भाग्य भएपछि डोकोमा दुध दुहुँदा पनि अडिन्छ, तालुमा आलु फल्छ । सायद यी उक्ति कोही सिमित व्यक्तिको जीवनमा चरितार्थ होलान् । 

एक नेपालीलाई भाग्यकै खेलले खाडी पुर्यायो र भाग्यकै खेलले अहिले उनी करोडपती बनेका छन् । यहाँ कुरा हुँदैछ एक नेपाली नागरिक रामकृष्ण भण्डारीको जसले विदेशी भूमिमा १० लाख अमेरिकी डलर (१० करोड ७० लाख नेपाली रुपैयाँ) को चिट्ठा जितेर भाग्यमानी भएका छन् ।

संयुक्त अरब इमिरेट्स युएई अबुधाबीको एक कम्पनीमा कार्यरत भण्डारीले ‘सेन्सेसनल बिग टिकट ड्र १७१’ मा मोटो रकमको चिट्ठा आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।

डिएफएस अबुधाबीको वेबसाइटमा सेप्टेम्बर ५ तारिख सोमबारका दिन चिट्ठाको नतिजा प्रकाशित गरिएको थियो जसको शीर्ष स्थानमा नेपाली नागरिक रामकृष्ण भण्डारीको २३४१७ टिकट नम्बर परेको थियो । 

भण्डारीलगायत अन्य १४ जना बिजेताको नाम पनि उक्त सूचिमा प्रकाशित गरिएको छ । बिजेता १५ जनामध्ये १० जना भारतीय रहेका छन् भने अन्य दुई फिलिपिन्सका नागरिक रहेका छन् । एक पाकिस्तानी र एक जिम्बाब्वेका नागरिकलेसमेत चिट्ठा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव