२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निशुल्क भन्दै मलेसिया पठाउन साढे दुई लाख अशुली, बिभागद्वारा गल्फ एसिया म्यानपावरमा छापा

२०७९, २५ जेष्ठ बुधबार १५:२४

अनिल अधिकारी । जेठ २५, काठमाडौँ । वैदेशिक रोजगार बिभागले मलेसिया रोजगारमा चर्को अशुली लिने गौशाला स्थित एक म्यानपावरमा छापा मारेको छ । बिभागबाट निर्देशक डम्बर बहादुर सुनुवारको नेतृत्वमा खटिएको टोलीले बुधबार बेलुका गल्फ एसिया म्यानपावर प्रालिमा छापा मारेको हो । 

छापा मारिएको म्यानपावरले बिभागबाट २६०६२४ लटमा ५० जना  कामदार मलेसियास्थित EASTOOL INDUSTRIES SDN.BHD का लागि फ्याक्ट्री वर्कर पदमा पठाउन फ्री भिसा-फ्री टिकट र फ्री लागतको स्वीकृति लिएको बिभागले जनाएको छ । 

उक्त कम्पनीमा पठाउने क्रममा युवाहरुसँग म्यानपावरले प्रतिव्यक्ति दुई लाख पचास हजार मागिरहेको सूचना बिभागले प्राप्त गरेको थियो । उजुरी दिन पुगेकाहरुले म्यानपावरलाई ५०/५० हजार अग्रिम रुपमा बुझाइसकेको जानकारी दिएका छन् । साथै उक्त म्यानपावरले प्रतिव्यक्ति थप दुई लाख मागेपछि बिभागले आकस्मिक छापा मारेको हो । 


बिभागले पैसा बुझाउन पुगेका युवाहरुको पछिपछि गएर छापा मार्ने क्रममा सुरुमा अशुली भएको रकम फेला पार्न नसके पनि खोज-तलासीको क्रममा युवाहरुले बुझाएको नगद रकमको बिटो झ्यालबाट बाहिर फालिएको अवस्थामा भेटिएको छ । बिभाग टोली छापा मार्न पुगेको देखेर म्यानपावरका कर्मचारीले पैसा बाहिर फालेको पाइएको बिभागका निर्देशक डम्वर सुनारले साझा सबाललाई बताए । 

निर्देशक सुनारका अनुसार उक्त म्यानपावरले यस अघिनै सोहि कम्पनीमा ३५ जना कामदार पठाईसकेको छ । आजको लटमा थप १३ जना पठाउन लागेको थियो । 

सरकारले मलेसिया रोजगारमा पठाउन निशुल्क गर्ने समझदारीपछि मलेसिया रोजगार खोलेपनि मलेसिया रोजगार खुलेसंगै बिभिन्न म्यानपावरले चर्को लागत मागिरहेको गुनाशोहरु आईरहेका छन् । सरकारसँगको सझदारीमा भिषा र टिकट, स्वास्थ्य परिक्षण शुल्क रोजगारदाता कम्पनीले व्यहोर्ने तथा कामदार आपूर्ति गरेबापत रोजगार दाताले म्यानपावर कम्पनीलाई कामदारको १५ दिन (आधा महिनाको) तलव बराबरको सेवा शुल्क भुक्तानी गर्नुपर्ने उल्लेख छ । साथै मलेसिया जाने कामदारको बिमा पनि मलेसियाको श्रम कानूनमा व्यवस्था भएअनुसार नै हुने उल्लेख छ । तर डिमाण्ड किन्ने होडबाजी तथा सरकारको कारण र कोरोनाको कारण देखाई लामो समयसम्म म्यानपावर बन्द गरेर बस्दा लागेको घाटा एकै पटक उठाउने गरि केहि म्यानपावरहरुले कामदारको ढाड सेक्नेगरि अशुली गरिरहेको पाइएको छ ।

यो पनि पढ्नुहोस् 

मलेसिया रोजगार: आरबीए अन्तर्गत निशुल्क भनिएका डिमाण्डमा पनि म्यानपावरको छल-कपट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना