हेम चन्द्र राई  भदौ २६,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई  भदौ २६, 
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

राजदुतावास, एनआरएनको सक्रियतामा ४ महिनादेखि अलपत्र ३० नेपाली कामदार काममा फर्कदै

२६ भाद्र २०७३, आईतवार ००:५२

हेम चन्द्र राई  भदौ २६, युएई | रोजगारी सिलसिलामा बिगत ११ महिना अघि युएई स्थित दुबई इमिरेट्समा डिपिएस ( डिपार्टमेन्ट अफ प्रोटेकटिभ सिस्टम )  सेकुरिटी गार्डमा पुगेका अलपत्र भनिएका ३० जना नेपाली कामदारहरू सोमबार देखि पुन काममा फर्कने भएका छन् । बिगत चार महिना देखी तलब , सेवा सुविधाबाट बन्चित उनीहरु अलपत्र परेका थिए ।

एनआरएन , नेपाली राजदुतावासको बिशेष सकृयतामा शनिबार भएको त्रिपक्षिय बैठकमा कामदारले सम्झौता मुताविक पाउने तलब तथा सेवा सुबिधा आउदो ३१ अक्टोबरसम्म अर्थात ४५ दिन भित्रमा दुइ  किस्तामा कम्पनीको म्यानेजमेन्टले प्रदान गर्ने लिखित सम्झोैता भए पछि कामदारहरू पुन काममा फर्कन लागेका हुन् ।

नेपाली राजदुतावास युएर्इका श्रम सहचारी हिरा कुमारी यादव , एनआरएन यूएईका अध्यक्ष सुदिप कार्की तथा उपाध्यक्ष रमेश श्रेष्ठ, कम्पनिको तर्फबाट म्यानेजमेन्ट  र पिडित पक्ष बीच गम्भीर छलफल पश्चात  बिगत चार महिनाबाट अलपत्र ३० नेपाली पुन काममा फर्कने निर्णय गरेका हुन । हालसम्म उनीहरुको ११ हजार देखी २० हजार दिरामसम्म तलब लिन बाकी रहेको पीडितले बताएका छन ।

लिडर सेकुरिटी सर्भिस कम्पनीका म्यानेजमेन्टको सदस्य हाल राखिएको सार्जा सनैया – ३ लेबर क्याम्पमा पुगी कामदारहरू सँग प्रत्यक्ष भेटघाट गरि यथार्थ बुझेका थिए । बैदेशिक रोजगार एेन अनुसार पाउने तलब सुबिधा कटौती भएकोमा कम्पनीको एकाउण्टमा केही प्रबिधिक समस्याले गर्दा तलबमा कमी आएको भन्दै कम्पनीले सम्झौता अनुसार तलब सुबिधा दिने लिखित पत्र राजदुताबास युएर्इलार्इ दिएको छ । कम्पनीले दिएको उक्त पत्रमा ३१ अक्टोबर अर्थात ४५ दिन भित्रमा पीडित सबै कामदारहरुलाई दुर्इ किस्तामा तलब दिने तथा तत्काल सबैलाई काममा लगाउने समेत  जनाएको छ ।

११ महिना पहिले काठमाण्डौ स्थित हिमअरब ओभरसिज र एनसिएफ म्यानपावर मार्फत युएईको दुबई  इमिरेट्समा रहेको लिडर सेक्युरिटि सर्भिसेस कम्पनीले आफ्नो सेकुरिटी गार्डलाई भने सार्जा इमिरेट्समा रहेको सनैया – ३ लेबर क्याम्पमा राखेको थियो । सुरक्षा गार्डको लागि आएको ३० अलपत्रमा परेका पीडितलाई माओवादी केन्द्रको बिदेश बिभाग संगठन जन प्रगतिशील मंच युएईले आर्थिक तथा रासन समेत बितरण गरेको थियो । एनआरएन नेपाली दूतावासको पहलमा भएको सम्झौता कार्यनयन हुन्छ हुँदैन संकोचमा रहेको कुरा पीडितले बताएकाछन । " यो कम्पनीको म्यानेजमेन्टले हालसम्म लिन बाकी रकम र कसैलाई डिउटी दिने कसैलाई खाली क्याम्पमा राख्ने काम बन्द गरेर ४५ दिन भित्रमा सबैको बाकी तलब र कामदार काममा लगाउने प्रतिवद्द्ता नेपाली दूतावासको बीच हामी पीडितहरुको माझमा तृपक्षिय लिखित सम्झौता भएको छ कार्यनयन होस भन्ने पक्षमा रहेको कुरा पीडितहरुको धारणा रहेको छ ।" सो कम्पनीमा नेपालीहरुको अलवा पाकिस्तानी , भारतिय , अफ्रिकाको नागरिक सेकुरिटी गार्डमा कार्यरत छन । पीडित ३० जना मध्य कसैलाई काम दिने कसैलाई काम नदिकन राख्ने , तलब समयमा नदिने , अपुरो तलब दिन गर्दै जादा अन्ततः ३० नेपाली युवाहरू चार महिना देखी अलपत्रमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव