बेलायतमा आकर्षक तलब सहित नेपालीहरुलाई रोजगारको अवसर

Posted on: 16 Aug, 2022

साउन ३१, काठमाडौँ | बेलायत (UK) ले आकर्षक तलब सहित भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । बेलायतमा रहेको ब्रिटेनिया रिस्क ग्रुप कम्पनीले  २४५ जना पुरुष र ५० जना महिला गरी जम्मा २९५ जना नेपाली कामदारको माग गरेको हो ।

कम्पनीले मेरीटाइम सेक्युरिटी अपरेटर र मेरीटाइम स्टाफ पदका लागि बिज्ञापन खुलायाको हो । उक्त कामका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कामदारले बर्षमा कम्पनीको नियम अनुसार बिदा पनि पाउने छन् । साथै ओटी (OT) को पनि व्यवस्था रहेको छ | डिमाण्डको लट नं. २६३६२५ रहेको छ | 

कामदारले  तलब ९३०९० पाउनेछन् । इच्छुक कामदारले युनिभर्सल इन्टरनेसनल प्रा. लि. को कार्यालय पानीपोखरी काठमाडौंमा साउन भदौ ७ गते अन्तरवार्ता दिनु पर्ने छ । थप जानकारीका लागि म्यनपावरमा सम्पर्क गर्नुहोला । 

सम्पर्क नम्बर :- 01-4002602

बिज्ञापन हेर्नुहोस् :



यस बिषयमा तपाइको प्रतिक्रिया...!