भदौ ३१, काठमाडौं । म्यानपावर व्यावसायीले वैदेशिक रोजगारीमा जाने कामदारहरुसँग गर्ने सबै कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउने तय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, काठमाडौं । म्यानपावर व्यावसायीले वैदेशिक रोजगारीमा जाने कामदारहरुसँग गर्ने सबै कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउने तय"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

म्यानपावरले कामदारसँग नगद बुझ्न नपाउने, अनिवार्य बैंकिङ कारोबारको प्रस्ताव

३१ भाद्र २०७३, शुक्रबार ०६:५८

भदौ ३१, काठमाडौं । म्यानपावर व्यावसायीले वैदेशिक रोजगारीमा जाने कामदारहरुसँग गर्ने सबै कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउने तयारी सरकारले गरेको छ । कामदारले सिधै नगद म्यानपावरलाई रकम बुझाउँदा ठगी हुने क्रम बढेपछि नयाँ व्यवस्था गर्न लागिएको हो ।

श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन संशोधनका लागि तयार गरेको मस्यौदामा म्यानपावरका सबै कारोबारलाई बैकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

ऐन संशोधनपछि म्यानपावर कम्पनीले कामदारसँग नेपाल सरकारले तोकेको शुल्क नगदमा उठाउन पाउने छैनन् । कामदारले म्यानपावरलाई बुझाउने रकम बैंकमार्फत म्यानपावरको खातामा जम्मा गरेर त्यसको भौचरको प्रति विभागमा पनि उपलब्ध गराउनुपर्नेछ ।

यो व्यवस्थापछि विदेश गएका कामदारले तिरेको रकमको जानकारी सरकारसँग पनि हुनेछ । नगद लिएमा म्यानपावरले गरेको कामलाई गैह्रकानुनी मानिनेछ । यो व्यवस्थापछि म्यानपावरको सबै कारोबारको रेकर्ड रहने र कामदारले पनि रकम बुझाएको प्रमाण बैंकबाटै प्राप्त गर्नेछन् । यसले ठगी गर्ने क्रम घट्ने र उजुरीहरुको सुनुवाइमा पनि सहज हुने सरकारको विश्वास छ ।

सरकारले मलेसियासहित ६ वटा खाडी मुलुकमा लागू गरेको फ्री भिसा र फ्री टिकटको व्यवस्था लागू गरेको छ । तर, व्यावसायीले कामदारलाई लाखौं उठाएर १० हजारको रसिद थमाइदिने गरेका छन् । यसरी हुने ठगीलाई नियन्त्रण गर्न यस्तो व्यवस्थाले सहयोग पुग्ने विश्वास गरिएको छ ।

अहिले तोकिएको शुल्क भन्दा बढी बुझाउने अधिकांशले सरकारलाई अहिले उजुरी गर्दैनन् । तर, ठगी भएपछि केही कामदार वैदेशिक रोजगार विभागमा उजुरी गर्न पुग्ने गरेका छन् । ठगीको उजुरी दर्ता गर्नेको संख्या अहिले दैनिक ३० भन्दा बढी हुन्छ ।

सबै देशको लागत तोकिने

ऐनमा म्यानपावरले कामदार पठाउने सबै देश पुग्न लाग्ने लागत तोक्नुपर्ने व्यवस्था पनि गरिँदैछ । अहिले संस्थागत रुपमा १ सय १० वटा मुलकुमा नेपालीहरु काम गर्न गइरहेका छन् ।

कामदारलाई यसरी ठगिन नदिन र म्यानपावरलाई थप ब्यवस्थित तथा मर्यादित गर्न अनिवार्य बैंकिङ प्रणलीबाट कामदारसँग रकम बुझ्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको ऐन संशोधन गर्न गठित समितिका सदस्य तथा वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डितले बताए ।

जिल्ला प्रशासनलाई अनुगमनको अधिकार

ऐन संशोधन गरेर सरकारले वैदेशिक रोजगारीको नाममा हुने ठगीलाई जिल्ला प्रशासन कार्यलयले पनि हेर्न, अनुगमन गर्न र मिलाउन सक्ने गरी ऐनले अधिकार प्रत्यायोजन पनि गर्न लागेको छ ।

यो व्यवस्थापछि मोफसलमा ठगिएका कामदारले जिल्लामै न्याय पाउन सक्नेछन् । अहिले यस्ता ठगीलाई विभाग र वैदेशिक रोजगार न्यायाधीकरणले मात्रै हेर्छ । यसैगरी भिसाको आधारमा नभई कामदारसँग हुने सम्झौतापत्रका आधारमा अन्तिम श्रम स्वीकति दिने व्यवस्था पनि ऐनमा प्रस्ताव गरिएको छ ।

अहिले भिसा एउटा कामका लागि पठाउने र सम्झौता अर्कै कामका लागि गरेर कामदार लैजाने क्रम बढ्दो छ । यसका कारण कामदार ठगिएको सरकारको ठहर छ । अब ऐन लागू भएपछि सम्झौतापत्रमा उल्लेख भएको कामकै आधारमा अन्तिम स्वीकृति दिइनेछ । ऐनलाई समय सापेक्ष बनाउने गरी मस्यौदा निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ । अनलाइनखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव