२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा ६ महिना देखि नेपाली कामदारले तलब पाएनन् : दूताबासमा फोन गर्ने पैसा छैन

२०७३, ३१ भाद्र शुक्रबार ११:२६

भदौ ३१, दोहा ।  के पिडा होला यो प्रवाशी भुमिको रुदिनहु आउने मनका प्रश्न हरु, तातो ५५ डिग्रीको घाम मा सकि नसकी गरेको परिश्रम बगाएको पसिनाको फल नपाउदाको पिडा केही कमाउला र भबिश्य मा केही गरौंला भन्ने सपना बोकेर बैदेशिक रोजगारको शिलशिला मा कतार पुगेका ९ नेपाली अलपत्र परेका छन ।

लाजिम्पाट, काठमाडौं मा रहेको रोयल ओभर्सिज मेनपावर बाट कतारको एक पाकिस्तानी कम्पनी mafatc मा पुगेका ९ नेपाली युबक ६ महिना देखि तलब नपाउदा अलपत्र परेका छन। जसमा साजन पुन (नवलपरासी ) डान्स लम्साल ,पिताम्बर लम्साल, नागेस बि क (स्याङ्जा ) खुम राना (पाल्पा) गङराज खडका (भोजपुर) दयालु यादब (रुपन्देही ) राजकुमार श्रेष्ठ (काभ्रे) छबिलाल राई (इलाम) रहेका छन। कम्पनीले तलब दिन्छु भन्दै काम लगाएको तर ६ महिना पुग्दा सम्म तलब नदिदा अहिले न खाना न पानी सम्म को अबस्थामा छ्न ।

६ महिना सम्म तलब नदिदा पसलमा उधारो धेरै भयकोले राशन लिएर खाना खान समेत अवस्था रहेको छैन । र बिगत ७ महिना देखि आइ डि को पनि मिति पुग्दा समेत आइ डि पनि मिति नथपिएको र बाहिर काम काजको लागि बाहिर निक्लन गार्हो भयको र तलब नदिदा कतै सम्पर्क गर्न रिचार्ज किन्न समेत उनिहरुलाइ गार्हो भयको छ। अहिले अन्तिम अबस्थामा पुगेपछि कतै सम्पर्कको माध्यम नपाउदा अलपत्र परेका हुन ।

उनिहरु भन्छन”रिचार्ज गरेर दुताबाशमा फोन गरु भन्दा पैसा नै छैन, दुताबास कता छ त्यो पनि थाहा छैन, रुम बाट बहिर निक्लने अबस्था नै छैन, अहिले कोहि संग पनि सम्पर्क छैन बाहिर जाउ भने आइडि को मिति सकियको छ, न त पैसा नै छ पसल मा उधारो धेरै भयकाले राशन पनि ल्यायर खान गार्हो भइरहेको छ, उनी हरु बताउछन ।

उनीहरुको अहिले रुम छोडेर बाहिर निकल्न समेत अबस्था रहेको छैन । अहिले ६ महिना पुग्दा समेत तलब नदिदा पसलमा  भयको उधारोको कारणले पसलबाट राशन पनि लियर खान नसक्ने अबस्था भएपछि काम पनि छोडेका छन।नेपाली दूतावास कतार तथा कतार मा आबद्द गैरसरकारी संघ सस्था लाई उद्दार गरिदिनको लागि अपिल समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने