१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा ६ महिना देखि नेपाली कामदारले तलब पाएनन् : दूताबासमा फोन गर्ने पैसा छैन

३१ भाद्र २०७३, शुक्रबार ११:२६

भदौ ३१, दोहा ।  के पिडा होला यो प्रवाशी भुमिको रुदिनहु आउने मनका प्रश्न हरु, तातो ५५ डिग्रीको घाम मा सकि नसकी गरेको परिश्रम बगाएको पसिनाको फल नपाउदाको पिडा केही कमाउला र भबिश्य मा केही गरौंला भन्ने सपना बोकेर बैदेशिक रोजगारको शिलशिला मा कतार पुगेका ९ नेपाली अलपत्र परेका छन ।

लाजिम्पाट, काठमाडौं मा रहेको रोयल ओभर्सिज मेनपावर बाट कतारको एक पाकिस्तानी कम्पनी mafatc मा पुगेका ९ नेपाली युबक ६ महिना देखि तलब नपाउदा अलपत्र परेका छन। जसमा साजन पुन (नवलपरासी ) डान्स लम्साल ,पिताम्बर लम्साल, नागेस बि क (स्याङ्जा ) खुम राना (पाल्पा) गङराज खडका (भोजपुर) दयालु यादब (रुपन्देही ) राजकुमार श्रेष्ठ (काभ्रे) छबिलाल राई (इलाम) रहेका छन। कम्पनीले तलब दिन्छु भन्दै काम लगाएको तर ६ महिना पुग्दा सम्म तलब नदिदा अहिले न खाना न पानी सम्म को अबस्थामा छ्न ।

६ महिना सम्म तलब नदिदा पसलमा उधारो धेरै भयकोले राशन लिएर खाना खान समेत अवस्था रहेको छैन । र बिगत ७ महिना देखि आइ डि को पनि मिति पुग्दा समेत आइ डि पनि मिति नथपिएको र बाहिर काम काजको लागि बाहिर निक्लन गार्हो भयको र तलब नदिदा कतै सम्पर्क गर्न रिचार्ज किन्न समेत उनिहरुलाइ गार्हो भयको छ। अहिले अन्तिम अबस्थामा पुगेपछि कतै सम्पर्कको माध्यम नपाउदा अलपत्र परेका हुन ।

उनिहरु भन्छन”रिचार्ज गरेर दुताबाशमा फोन गरु भन्दा पैसा नै छैन, दुताबास कता छ त्यो पनि थाहा छैन, रुम बाट बहिर निक्लने अबस्था नै छैन, अहिले कोहि संग पनि सम्पर्क छैन बाहिर जाउ भने आइडि को मिति सकियको छ, न त पैसा नै छ पसल मा उधारो धेरै भयकाले राशन पनि ल्यायर खान गार्हो भइरहेको छ, उनी हरु बताउछन ।

उनीहरुको अहिले रुम छोडेर बाहिर निकल्न समेत अबस्था रहेको छैन । अहिले ६ महिना पुग्दा समेत तलब नदिदा पसलमा  भयको उधारोको कारणले पसलबाट राशन पनि लियर खान नसक्ने अबस्था भएपछि काम पनि छोडेका छन।नेपाली दूतावास कतार तथा कतार मा आबद्द गैरसरकारी संघ सस्था लाई उद्दार गरिदिनको लागि अपिल समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव