९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्री अर्यालले विमानस्थलबाट हटाए वैदेशिक रोजगारीको छुट्टै डेस्क

१७ माघ २०७९, मंगलवार ११:२६

माघ १७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर राखिएको छुट्टै डेस्क हटाएका छन् । हिजो सोमबारदेखि लागू हुने गरेर वैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्याइएको विभेदकारी डेस्क हटाएको मन्त्री अर्यालले जानकारी दिएका हुन् ।


मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि भनेर छुट्टै डेस्क राखिएको थियो । जबकि, विद्यार्थी भिसा, पर्यटन भिसा र व्यवसायीक भिसामा जानेहरुका लागि छुट्टै डेक्स थिएन ।’ वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर विमानस्थलमा राखिएको डेस्कले विदेशमा रोजगारीका लागि जाने नेपालीहरुको आत्मबलमा ठेस पुगेको गुनासो आएकाले हटाएको अर्यालले बताए । 

उनले भने, ‘वैदेशिक रोजगारीमा जाँदै गर्दा विमानस्थलमा राखिने लामो लाइनमा बस्दै गर्दा विदेश गएर रोजगारी गर्नेहरुको लाइन भनेर अन्य यात्रुले कानेखुसी गर्ने गर्थे । जसले वैदेशिक रोजगारीमा जानेहरुलाई हतोत्साहित गर्थ्यो । सोही कारण, हिजोदेखि लागू हुने गरेर उक्त डेस्क हटेको छ ।’ मन्त्री अर्यालले अबदेखि विद्यार्थी भिसा, पर्यटन भिसा, व्यवसायीक भिसा र वैदेशिक रोजगारीको भिसामा जानेहरूको लाइन एउटै हुने समेत जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो