२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा खिचिएको धुर्मुस सुन्तलीको ‘ज्योती’ फिल्म यस्तो बन्यो (भिडियो हेर्नुस्)

२०७३, ७ आश्विन शुक्रबार ०३:२७

असोज ७, नवलपरासी । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसरमा बालमैत्री फिल्म “ज्योति” सार्वजनिक गरेका छन् । गिरान्चौर एकिकृत बस्ती निर्माणमा व्यस्त उनले आफ्नो जन्म दिनको अवसर पारेर उपहार स्वरुप फिल्म सार्वजनिक गरेका हुन् । 

विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थितिमा फिल्मको विशेष शो गरिएको हो । नेपालको पहिलो बालमैत्री नगरपालिका नवलपरासीको सुनवलमा छायाँकन गरिएको ज्योतिले बालमैत्री स्थानीय स्वायत्त शासनको आवश्यकतामा जोड दिएको छ । बाल अधिकार र बालमैत्री समाजले देश विकासमा पुर्याउने सहयोगका विषयलाई समेटिएको ज्योतिलाई धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन् । 


दिपक आचार्यको लेखनमा निर्माण भएको यस लघु चलचित्रमा धुर्मुस सुन्तलीसँगै यमन श्रेष्ठ, जानुका पौडेल, संगम विष्ट, अविरल अधिकारी, विपना शर्मालगायतको अभिनय छ । संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लागि युनिसेफको सहयोगमा निर्माण भएको ज्योतिलाई धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको हो । फिल्ममा हास्य खुराक र मनोरञ्जनसँगै बाल अधिकारको कुरा समेटिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । ज्योतिमा जुन कुराहरु देखाइएको छ त्यसको व्यवहारिक प्रयोग गर्ने उद्देश्यका साथ गिरान्चौर एकिकृत बस्ती विकास भइरहेको पनि उनले बताएका छन् । 


समाज बालमैत्री भएमा धेरै परिर्वतनहरु सम्भव रहेको उनको भनाई छ । चलचित्र हेरिसकेपछि बोल्ने वक्ताहरुले फिल्मको प्रशंसा गरेका छन् । फिल्ममा बालमैत्री समाज बनाउने सपना बोकेका एकजना बालक र बालिकाको सफलतालाई रमाइलो ढंगले प्रस्तुत गरेको छ । चलचित्रको विशेष शोसँगै युट्युबमा पनि सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् पुरा भिडियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते