२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रिम्पोछे निर्देशित ‘डाकिनी’ प्रदर्शन तय

२०८०, २६ बैशाख मंगलवार ०७:३८

वैशाख २६, काठमाडौं | अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ को नेपालमा प्रदर्शन गर्ने तय भएको छ । 

बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का सुनिने दन्त्यकथामै आधारित रहेर तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ । षट्कोण आर्टसका नेपाली निर्माताहरु रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीले यसलाई नेपाल प्रदर्शन गर्न लाग्नुभएको हो । 

बौद्ध धर्मका ठूला गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले चलचित्रलाई निर्देशन गर्नुभएको हो । यो उहाँ निर्देशित पाँचौँ चलचित्र हो । ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको चलचित्रको छायाङ्कन पनौती र पाटनमा भएको थियो । 

चलचित्रमा छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ लगायतले अभिनय गर्नुभएको छ । बौद्ध धर्मबारे प्रवचन दिएर चर्चामा रहनुभएको निर्देशक रिम्पोछेले सन् १९९९ मा पहिलो चलचित्र ‘द कप’ निर्देशन गर्नुभएको  थियो । विश्वभरको प्रख्यात अवार्ड एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कार अवार्ड)का सदस्यसमेत रहेका मार्क ली पिङ बिङले चलचित्रलाई छायाङ्कन गर्नुभएको छ । 

“गुरुको नेपाल आगमनलाई केन्द्रित गर्दै प्रदर्शन तय गरेका हौँ । यो चलचित्र निर्माण गर्न पाउनु हाम्रो लागि अवसर थियो”, निर्माता बानियाँले भन्नुभयो, “विश्व प्रख्यात निर्देशक र छायाकारसँग काम गर्दा धेरै तथ्य सिक्न पाएका छौँ । विश्वका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुगेको यस चलचित्रले नेपालको विविधतलाई पनि देखाउन सफल भएको छ ।” उहाँले यो काठमाडौँमै सीमित चलचित्र भवनमा मात्र प्रदर्शन हुने जानकारी दिनुभयो । 

काठमाडौँमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई सपनामा केही सङ्केत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर, जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्र कथा बगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति