२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

समिक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी

१७ असार २०८०, आईतवार ०७:५८

असार १७, काठमाडौँ | अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । टेलिभिजन कार्यक्रममा ‘द प्रकाश सुवेदी शो’ को अन्तवार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।

आमेश अष्ट्रेलियाबाट फर्किए लगत्तै ‘द प्रकाश सुवेदी शो’ मा पुगेका थिए । आमेश केही अगाडि मात्र अष्ट्रेलिया भ्रमणबाट फर्किएका हुन् । त्यहि क्रममा कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले आमेशलाई समिक्षा र तपाईबीच प्रेम सम्बन्ध हो ? भनेर प्रश्न सोधेका थिए ।


आमेशलाई समिक्षासँग तपाईको साच्चै प्रेम सम्बन्ध छ त ? भनेर सोधिएको प्रश्नमा आमेशले अहिले प्रेम सम्बन्ध नभएको बताएका छन् ।

‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले त्यस्तो ठान्नु भएकाे हाेला तर, अहिले हामी प्रेममा त छैनौउ पछि के हुन्छ थाहा छैन’ भन्दै आमेशले जवाफ दिए ।

आमेशलाई समिक्षको लागि के भन्ननुहुन्छ भनेर कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले भन्दा आमेशले ‘तिमी रोएको पल तिमीलाई हँसाउन नसकुला तर तिमीसँगै म राेइिदनसक्छु’ बोलको गीत गाएका छन् ।

त्यसपछि फेरी प्रकाशले आमेशलाई यदि समिक्षाको बुबा आमा केटा माग्दै आउनुभयो भने के तपाई विवाह गर्न तयार हुनुहुन्छ ? भन्दै प्रश्न साेधे । यो प्रश्नको जवाफ दिँदै आमेशले भने,’त्यस्तो भयो भने म त एकदम लक्की हुन्छ, म विवाह गर्छु, मेरो उमेर पनि भयो’ ।

सुवेदीले आमेशलाई समिक्षा र तपाईबीच एक एक घण्टामा फोनमा कुरा हुन्छ रे नी त भन्दै अर्को प्रश्न गरे । आमेशले पहिला त धेरै कुरा नहुने बताएपनि पछि हासेर हामी अहिले पनि कुरा गर्छौ भन्दै जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…