गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

Posted on: 08 Apr, 2024

चैत २६, काठमाडौं । गायक निशान भट्टराई र मोडल  ऋचा न्यौपानेको डिभोर्स भएको छ । 

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

२०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपनि सम्बन्ध लामो समय टिक्न नसकेको हो । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ । 

ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् भने निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!