१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘बाहुबली’की अभिनेत्री अनुष्का शेट्टीलाई लाग्यो हाँसिरहने दुर्लभ रोग

१२ असार २०८१, बुधबार ०८:३२

असार १२, काठमाडौँ । तेलुगु भाषाको बहुचर्चित फिल्म ‘बाहुबली’मा देवसेनाको भूमिकामा देखिएकी अभिनेत्री अनुष्का शेट्टीलाई हाँसिरहने दुर्लभ रोग लागेको छ । यो रोगमा अभिनेत्री एक पटक हाँस्न थालेपछि १५ देखि २० मिनेटसम्म हाँसिरहन्छिन् ।

चिकित्सकीय भाषामा यो रोगलाई स्यूडोबुलबार इफेक्ट भनिन्छ । यो एकखालको न्यूरोलॉजिकल डिसअर्डर हो । यसमा बिरामीले हाँस्ने, रुने र अन्य भावनालाई कयौँ पटक रोक्नै सक्दैनन् । बिरामीको वास्तविक स्थितिसँग यी भावनाको कुनै सम्बन्ध हुन्न । यसका लक्षणहरू भावनात्मक र मस्तिष्कको कमजोरीसँग सम्बन्धित छन् । त्यसैले यसलाई न्यूरोसाइकियाट्रिक रोग मानिन्छ । 

हालै एक अन्तरवार्तामा अनुष्काले यसको खुलासा गरेकी हुन् । यसले गर्दा उनको कयौँ पटक सुटिङ समेत रोक्नु परेको उनले बताएकी छिन् । उनले भनिन् , ‘मलाई एक खालको हाँस्ने रोग लागेको छ । तपाईँहरूलाई लाग्न सक्छ हाँस्दा पनि कुनै समस्या हुन सक्छ ? तर मेरो लागि यो समस्या हो ।’ अभिनेत्रीले भनेकी छिन् । आफू हाँस्न थालपछि १५-२० मिनेटसम्म आफ्नो हाँसो रोक्नै नसक्ने उनको भनाइ छ । कमेडी दृश्यहरू हेर्दा वा सुटिङ गर्दा हाँसो रोक्न नसक्दा कहिलेकाहीँ सुटिङ रोक्नु परेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन