२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

हजार करोड तिर लम्किदै ‘कल्कि २८९८ एडी’

२०८१, २४ असार सोमबार ०९:३१

असार २४, काठमाडौँ । बलिवुड फिल्म ‘कल्कि २८९८ एडी’ अहिले पनि सिनेमा हलमा प्रदर्शनमा छ । जुन २७, २०२४ मा रिलिज भएको प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन अभिनित यो फिल्मले दर्शकको निकै माया पाइरहेको छ ।

फिल्मले घरेलु बक्स अफिसमा ५ सय करोडको आँकडा पार गरिसकेको छ । योसँगै यो फिल्मको विश्वव्यापी कमाईको आँकडा पनि तिब्र गतिमा बढिरहेको छ । आज निर्माताले ११ दिनको कमाईको अपडेट सेयर गरेका छन् । 


नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भारत स्तरमा रिलिज भएको छ । केवल ११ दिनमा फिल्मले भारतमा सबै भाषासहित ५०७ करोड भारुको व्यापार गरेको थियो । योसँगै फिल्म ग्लोबल बक्स अफिसमा १००० करोडको क्लबमा सामेल हुने दिशामा द्रुत गतिमा अघि बढिरहेको छ । वैजयन्ती मुभिजले साझा गरेको जानकारी अनुसार यो फिल्मले विश्वभर ९०० करोड कमाएको छ ।

निर्माण पक्षले फिल्मको नयाँ पोस्ट सार्वजनिक गरेको छ । यो फिल्मलाई ९०० करोडको आँकडाको साथ एक एपिक ब्लकबस्टरको रूपमा वर्णन गरिएको छ । पोस्टरको साथमा क्याप्सनमा लेखिएको छ, 'जादुई माइलस्टोनतर्फ अघि बढ्दै…'। चलचित्रको यो उपलब्धिलाई दर्शकले निर्मातालाई बधाई दिइरहेका छन् । उनीहरुले पनि १००० करोडको पोस्टर हेर्न आतुर रहेको बताएका छन् । चलचित्र ‘कल्की २८९८ एडी' को सिक्वेलको काम पनि सुरु भएको बताइएको छ ।

फिल्म कल्की करिब ६ सय करोडको बजेटमा बनेको हो । 

यो फिल्मले हिन्दी क्षेत्रमा पनि दर्शकलाई आकर्षित गर्न सफल भए पनि तुलनात्मक रूपमा दक्षिण भाषी क्षेत्रको तुलनामा हिन्दी क्षेत्रमा यसको चर्चा छैन । तर, कमाईको हिसाबले अहिलेसम्मको प्रदर्शन राम्रो भइरहेको छ र यो अवस्था कायम रहेमा चलचित्र छिट्टै हिट र सुपरहिटको श्रेणीमा पर्नेछ ।

 फिल्म ‘कल्कि २८९८ एडी’ प्राचीन भारतीय हिन्दू पौराणिक कथाको पृष्ठभूमिमा आधारित छ । फिल्ममा मृणाल ठाकुर, एसएस राजामौली र दुल्कर सलमानको क्यामियो पनि छ। यो फिल्मको सिक्वेलको पनि घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु