११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

करण जोहरलाई छोरा छोरीले सोधे- हाम्री आमा को हुन् ?

२५ असार २०८१, मंगलवार ०३:३९

असार २५, काठमाडौँ । बलिउड फिल्म निर्माता करण जोहर एकल अभिभावक हुन् । २०१७ मा, उनी सरोगेसी मार्फत दुई जुम्ल्याहा बच्चाको बुबा बने । उनीहरुको नाम यश र रुही हो । हालै एक अन्तर्वार्तामा करणले दुवै बच्चालाई एक्लै हुर्काउने विषयमा चर्चा गरेका थिए । उनले एक्लो अभिभावक बन्न सजिलो नभएको बताए ।

करणले भने, 'बच्चाहरूले सोध्छन् हाम्रो आमा को हो ?' अहिले बच्चाहरूले आमाको नाम सोध्ने गरेको करणले बताए ।

करणले भने, ‘हामी आधुनिक परिवार हौं । कतिपय अनौठो परिस्थितिहरु यस्ता हुन्छन् जसरी बच्चाहरुले सोध्छन्– हामी कसको कोखबाट जन्मेका हौँ । आमा हाम्रो वास्तविक आमा होइन, उहाँ हजुरआमा हुनुहुन्छ । म यस अवस्थाको सामना गर्ने उपाय खोज्न एक सल्लाहकारमा जाँदैछु । यो कत्ति पनि सजिलो छैन, अभिभावकत्व सबै सजिलो छैन । 

करणले पनि आफ्ना छोराछोरीलाई कुनै पनि कुरामा बाधा पुर्‍याउन डराएको बताए । करणले भने, ‘जब म मेरो छोराले धेरै चिनीले बनेको चीज खाइरहेको देख्छु, म उसको बढ्दो तौलको चिन्ता गर्छु । म उसलाई केहि भन्न सक्दिन किनकि यो बच्चाहरूको उमेर हो जब उनीहरूले खुलेर जीवनको आनन्द लिन सक्छन् । कयौं पटक मैले उसलाई बाधा पनि दिएँ तर पछि नराम्रो लाग्यो र म उसँग माफी माग्छु । म उसलाई खुशी देख्न चाहन्छु । म चाहन्छु कि मेरो छोरा र छोरीले भविष्यमा आफ्नो निर्णय आफै लिउन ।'

करण जोहर सन् २०१७ मा सरोगेसी मार्फत जुम्ल्याहा सन्तानको एक्लो पिता बनेका थिए । ४० वर्षको उमेरमा फिल्म निर्माताले आफ्नी आमालाई आफू विवाह गर्न नचाहेको तर बाबु बन्न चाहन्छु भनेका थिए । यसपछि यश र रुहीको जन्म सरोगेसीबाट भएको थियो । करणकी आमाले उनलाई छोराछोरी हुर्काउन सहयोग गर्छिन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति