२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो उर्फ गुलाबी’ कार्तिक ९ मा रिलिज हुने

२७ असार २०८१, बिहीबार ०६:३५

असार २७, काठमाडौं । अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म 'गुन्यो चोलो- उर्फ 'गुलाबी' को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र यहीँ कार्तिक ९ अर्थात अक्टोबर २५ बाट रिलिज हुने पक्का भएको छ।

बिहीवार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्छ । सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस चलचित्रमा पनि कडा मेहेनत गरेका छन भन्ने छनक पोस्टरबाटै मिल्छ। नाजिरले 'गुन्यो चोलो- उर्फ गुलाबी' कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए ।


पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन । उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन । उनको शरीरमा कहिँ कतै चोटको निशान छ ।

उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ । नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको 'ट्रान्सवुमन लुक्स' आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम 'गुलाबी' राखिएको छ ।

यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन । चलचित्रमा उनले गरेको मेहेनत पनि कम छैन । नाजिरले यस चलचित्रको चरित्र निर्माणका लागि जति संघर्ष गरेका छन, समुन्द्रले पनि चलचित्रलाई न्याय दिन उतिनै मेहेनत गरेकी छिन । निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु 'निलहिरा समाज' र 'मितीनी नेपाल' संग पनि परामर्श गरेकी थिइन । धेरै खोज र अनुसन्धानपछि उनले यस चलचित्रमा आफ्नो ज्यान भरेकी हुन। चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी छिन। 'गुन्यो चोलो उर्फ गुलाबी' ले आफ्नो निर्देशनको यात्रामा थप उचाई थप्नेमा भट्ट विश्वस्त छिन ।

अमेरिकी कम्पनी 'भिजन ईन्टरटेन्मेन्ट' र 'दि स्काई ओसन ईन्टरटेन्मेन्ट' को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ। चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटाैला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ।

चलचित्रको थिममात्र नभएर प्रोडक्सन पनि ए-वान छ। चलचित्रको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो। चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड  म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ। यसैबाट पनि चलचित्रको गुणस्तर मापन गर्न सकिन्छ। चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम  मार्सेलो दि फ्रान्सिसीले गरेका छन। लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड चलचित्र 'ग्ल्याडिएटर-२' यहीँ डिसेम्बरमा आउँदैछ ।

नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जाेन्स्टन हुन। भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन ।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाईन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ। चलचित्रमा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला