२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘घर ज्वाईं’ को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी

२०८१, १६ आश्विन बुधबार ०९:५७

असोज १६, काठमाडौँ । दुई आगामी चलचित्रहरू ज्वाईं साब र देववाणी को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्ड र निर्माता संघमा उजुरी परेको छ। उजुरीकर्ता नरेन्द्रबहादुर नेम्वाङले मौसम फिल्म्स प्रालीका तर्फबाट १० लाख रुपैयाँ ठगी गरिएको दाबी गरेका छन्।

नेम्वाङले आफूले चलचित्र निलकाँडा मा अभिनय र मुनाफाको आधा हिस्सा पाउने शर्तमा पटक–पटक गरी १० लाख दिएको बताएका छन्। पछि उनलाई ३५ लाखको चेक दिइए पनि चेक बाउन्स भएको उनको अर्को दाबी छ। नेम्वाङले उक्त रकम ज्वाईं साब र देववाणी मा लगानी गरिएको आरोप लगाएका छन्।


तर, चलचित्र विकास बोर्डले बुझ्दा यो विषय व्यक्तिगत लेनदेनसँग सम्बन्धित रहेको बताएको छ। नेम्वाङले ८ वर्षअगाडि निर्माण हुन नसकेको निलकाँडा चलचित्रका लागि १० लाख रुपैयाँ दिएको र त्यो चलचित्रको निर्माण बीचमै रोकिएको थियो।

ज्वाईं साब यही असोज २४ मा रिलिज हुँदैछ भने देववाणी मंसिर ७ मा प्रदर्शन हुने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से