मङ्सिर १३, दुबई | बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका गीतकार स्टारहाङ बान्तवा 'जलन' को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप 'मनको जलन' नामक गीति एल्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १३, दुबई | बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका गीतकार स्टारहाङ बान्तवा 'जलन' को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप 'मनको जलन' नामक गीति एल्ब"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बान्तवाको ‘मनको जलन’ नामक गीति एल्बम बजारमा आउँदै

१३ मंसिर २०७३, सोमबार ०४:२४

मङ्सिर १३, दुबई | बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका गीतकार स्टारहाङ बान्तवा 'जलन' को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप 'मनको जलन' नामक गीति एल्बम लिएर आउने भएका छन् ।

एल्बममा ५ वटा गीतहरु समाबेश गरिएका छन् । ५ वटै गीतमा राजा खड्काले संगीत भर्नुभएको छ भने नेपालकै बहु-चर्चित गायकहरु दीपक लिम्बु, प्रमोद खरेल, हेमन्त शर्मा, राज खड्का र गायिकाहरु मेलिना रार्इ र सुमिना लोले आवाज दिने भएका छन् । 

५ वटै गीतको म्युजिक भिडियो बनाउने योजना रहेको गीतकारले बताएका छन् । पहिलो म्युजिक भिडियो प्रमोद खरेलको स्वरमा रहेको 'मुटु झिकेर कसरी दिउँ तिम्रो खुशीको निम्ति' बोल रहेको गीतको म्युजिक भिडियो तयार भाईसकेको उनले बताए । उक्त भिडियोमा प्रबिण थापाको निर्देशन रहेको छ भने हरिनारायण चौधरीले क्यामेरा चलाएका छन् ।

मोडलिङमा मोडेल मन्जिता केसी रहेकी छिन् । मोडेल मन्जीतालाई साथ दिएका छन् मोडल बाबु मगरले । बाल कलाकारको भूमिकामा रियाज  भण्डारीलाई हामी देख्न सक्नेछौँ । अन्य दुई गीतहरु दिपक लिम्बुको स्वरमा रहेको 'मृगनयनी आँखा उनको हरिणको चाल' र मेलिना रार्इको स्वरमा रहेको 'सम्झेर तिमी आशुले मेरो भिज्दैछ सिरानी' बोलको गीतको पनि म्युजिक भिडियोको चाडै तयार हुने बताएका छन् । बाँकी दुई गीत हेमन्त शर्माको स्वरमा रहेको 'भोजपुरको सुन्तला मिठो ईलामको चिया' र राज खड्का र सुमिना लोको स्वरमा रहेको 'नक्कलीले कर्के नजर हानेर पो मार्‍यो' बोल रहेको गीतको म्युजिक भिडियो भने केही समय लाग्ने गीतकारले बताए ।

अहिले दुबाईमा भएपनि गितकारले छिटै नेपाल आएर एल्बम विमोचन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु