मङ्सिर १३, दुबई | बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका गीतकार स्टारहाङ बान्तवा 'जलन' को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप 'मनको जलन' नामक गीति एल्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १३, दुबई | बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका गीतकार स्टारहाङ बान्तवा 'जलन' को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप 'मनको जलन' नामक गीति एल्ब"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बान्तवाको ‘मनको जलन’ नामक गीति एल्बम बजारमा आउँदै

२०७३, १३ मंसिर सोमबार ०४:२४

मङ्सिर १३, दुबई | बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका गीतकार स्टारहाङ बान्तवा 'जलन' को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप 'मनको जलन' नामक गीति एल्बम लिएर आउने भएका छन् ।

एल्बममा ५ वटा गीतहरु समाबेश गरिएका छन् । ५ वटै गीतमा राजा खड्काले संगीत भर्नुभएको छ भने नेपालकै बहु-चर्चित गायकहरु दीपक लिम्बु, प्रमोद खरेल, हेमन्त शर्मा, राज खड्का र गायिकाहरु मेलिना रार्इ र सुमिना लोले आवाज दिने भएका छन् । 

५ वटै गीतको म्युजिक भिडियो बनाउने योजना रहेको गीतकारले बताएका छन् । पहिलो म्युजिक भिडियो प्रमोद खरेलको स्वरमा रहेको 'मुटु झिकेर कसरी दिउँ तिम्रो खुशीको निम्ति' बोल रहेको गीतको म्युजिक भिडियो तयार भाईसकेको उनले बताए । उक्त भिडियोमा प्रबिण थापाको निर्देशन रहेको छ भने हरिनारायण चौधरीले क्यामेरा चलाएका छन् ।

मोडलिङमा मोडेल मन्जिता केसी रहेकी छिन् । मोडेल मन्जीतालाई साथ दिएका छन् मोडल बाबु मगरले । बाल कलाकारको भूमिकामा रियाज  भण्डारीलाई हामी देख्न सक्नेछौँ । अन्य दुई गीतहरु दिपक लिम्बुको स्वरमा रहेको 'मृगनयनी आँखा उनको हरिणको चाल' र मेलिना रार्इको स्वरमा रहेको 'सम्झेर तिमी आशुले मेरो भिज्दैछ सिरानी' बोलको गीतको पनि म्युजिक भिडियोको चाडै तयार हुने बताएका छन् । बाँकी दुई गीत हेमन्त शर्माको स्वरमा रहेको 'भोजपुरको सुन्तला मिठो ईलामको चिया' र राज खड्का र सुमिना लोको स्वरमा रहेको 'नक्कलीले कर्के नजर हानेर पो मार्‍यो' बोल रहेको गीतको म्युजिक भिडियो भने केही समय लाग्ने गीतकारले बताए ।

अहिले दुबाईमा भएपनि गितकारले छिटै नेपाल आएर एल्बम विमोचन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा