समाचारमा भनिएको छ कि बच्चन परिवार 'ऐ दिल है मुश्किल' मा ऐश्वर्याको बोल्ड सीनको कारण ऐश्वर्यासँग रिसाएका छन् । जबकि उनको ससुरा यानीकि अमिताभ बच्चनले केहि दिन अघि कोलकाता फिल्म फेस्टिवलमा उनको क्यारेक्टरलाई बलियो दिखाएका थिए । उनले एक कार्यक्रममा अवसरमा भनेका थिएकी फिल्ममा ऐश्वर्याले तलाक लिएकी महिला सबा खानको रोल निभाएकी छिन्, जो आफ्नो लवरसँग भन्छिन् कि- 'मैं किसी की जरूरत नहीं, ख्वाहिश बनना चाहती हूं'। यो 'प्रोग्रेसिव वुमन' को संकेत हो । फिल्ममा जुन तरिकाले फीमेल क्यारेक्टरको स्ट्रंग देखिएको छ, यसले कुनैन कुनै रुपमा महिलाहरुलाई सामाजिक स्थितिमा अब्बल राख्नमा भूमिका खेल्छ ।" त्यस्तै उनका पति अभिषेक बच्चनले समेत उनको अभिनय रहेको पछिल्लो चलचित्रको तारिफ गरेका कारण उनको घरमा बिबाद नरहेको बताइएको छ । यसै अनुसार पनि ऐश्वर्या रायले आत्महत्या नगरेको दावी गरिएको छ ।
माथिको फोटोलाई आधार बनाई सामाजिक संजालमा भईरहेको प्रचारमा उनको परिवारले समेत अनावश्यक भ्रम फैलाईएको बताएका छन् । केहिले भने यो भ्रमलाई फिल्म चलाउने काइदा भनेका छन् ।
तर बिभिन्न समाचार स्रोतहरुले दावी गरे अनुसार ऐश्वर्याले आत्महत्याको कोसिस गरेकी थिइन् । बिभिन्न रिपोर्टका अनुसार, 'ऐश्वर्या आफ्नो बैबाहिक जीवनबाट आजित छिन । यसैले उनले आत्महत्याको कोशिश गरिन् । अर्को दावी के पनि छ भने ऐश्वर्याले आत्महत्याको कोसिस गरेपछी तत्काल उनलाई बचाउन उनका परिवारले डाक्टर घरमै बोलाएका थिए र उनको उपचार गरिएको थियो । यति मात्र नभई, एक ब्लगमा के पनि लेखियो भने जब ऐश्वर्या होशमा आईन, तब उनले भनिन्, 'मलाई मर्न देउ । यस्तो जिन्दगी जिउनुभन्दा मर्नुनै ठिक छ ।'
केहि संचार रिपोर्टमा आत्महत्याको कोसिसको खबरसँगै ऐश्वर्याको केहि फोटो पनि शेयर गरिएको छ । फोटोमा उनि घाइते अवस्थामा छिन । तर यो तश्विर १२ बर्ष पहिलेको फिल्म 'खाकी' को शूटिंगको क्रममा भएको घटनाको हो । त्यति बेला एक जीपले उनलाई ठक्कर दिएको थियो, जसमा उनि सडकको किनारामा रहेको झाडीमा हुत्तिएकी थिइन् । त्यतिखेर उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो ।
भारतीय संचार माध्यमबाट |