प्रेम सुनार, मंसिर–२६, गुल्मी । नेपाली कथानक चलचित्र पशुपतिप्रसादको अपार सफलता पछि अव पशुपति यात्रा नामक चलचित्र बन्ने भएको छ । चलचित्र पशुपति यात्रको आज काठमाण्डौंमा शुभ मुहर्त गरिएको छ । याक ईन्टरटेन्मेण्ट प्रालिको व्यानरमा बन्न लागेको चलचित्र पशुपति यात्राको लेखन र निर्देशन विशेष पन्तले गर्दैछन् ।
चलचित्र क्षेत्रमा अहिलेका विकाउ गायक–गायिका सुनिता दुलाल, टंक बुढाथोकी, ईन्दिरा जोसी र राजन राईले उक्त चलचित्रमा स्वर दिएका छन् । त्यस्तै संगित टंक बुढाथोकी र राजन राईले सजाएर सुमधुर गीतहरु पस्कीएका छन् । नृत्य निर्देशक राहुल वराईली सोम लामा र नरेश विर सिंह रहेका छन् । द्धन्ध निर्देशक सम्राट बस्नेत रहेका छन् ।
कलाकारहरुमा सुरेन्द्र्र केसी, महादेव त्रिपाठी, रेशम फिरिरी, अञ्जु थापा, प्रेरणा महार्जन, सन्दीप सेन्च्युरी, राहुल वराईली, साकार गैरे, सदर्शन ढकाल, राजेन्द्र गिरी जिवन लामा, मोहनविक्रम श्रेष्ठ, राजु सेन र कमल भट्ट रहेका छन् । त्यस्तै वालकलाकारहरुमा आश्रीनी लामा र लिजेन वराईली रहेका छन् ।
करिव ५० लाखको लागतमा बन्न लागेको उक्त चलचित्र धामिक र मनोरञ्जन प्रदान हुने शुभ मुहर्तमा सहभागी चलचित्रकर्मी सुमन पाण्डेले बताए । पशुपतिको गतिविधी पस्कीनुका साथै दर्शकलाई पेटमिचीमिची हँसाउँने उद्देश्यका साथ निर्माण गर्न लागिएको निर्माता मधुर वस्नेतले बताए ।
काठमाण्डौं, भक्तपुर, काभ्रे , सिन्धुली , नुवाकोट र गोरखा लगायतका स्थानमा छायाँङन गरिने उक्त चलचित्र २०७४ भित्रै दर्शक सामु पस्कीने गरी काम अगाडी बढाईएको निर्देशक विेशष पन्थले बताए ।
्तस्वीरः शुभमुहर्त समारोहको