मंसिर २९, काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राईले हिन्दी चलचित्रमा अभिनय गरेका छन् । १५ सिनका लागी चलचित्रमा अनुबन्धित भएका बिल्सन पर्दामा आय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २९, काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राईले हिन्दी चलचित्रमा अभिनय गरेका छन् । १५ सिनका लागी चलचित्रमा अनुबन्धित भएका बिल्सन पर्दामा आय"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विल्सन विक्रम हिन्दी फिल्मको सुटिङमा ब्यस्त, ढाका टोपी लगाएर आयषाको जोडी बने

२९ मंसिर २०७३, बुधबार ०७:३७

मंसिर २९, काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राईले हिन्दी चलचित्रमा अभिनय गरेका छन् । १५ सिनका लागी चलचित्रमा अनुबन्धित भएका बिल्सन पर्दामा आयषा टाकियाको जोडी बनेका छन् । विल्सनले अभिनय गरेको चलचित्रको निर्माण युनिटको आग्रहमै नाम भने खुलाइएको छैन ।

१० दिनसम्म सुटिङमा रहने विल्सनलाई केही समयअघि नेपालमा कन्सर्ट गर्न आएका सांगीतिक समूहका सदस्यले सिफारिस गरेका थिए । अहिले भारतको महाराष्ट्रको पुनास्थित एक कोलोनीमा फिल्मको सुटिङ भइरहेको छ । 

उनी चलचित्रमा ढाका टोपी लगाएर अभिनय गरेको बताइएको छ । उनलाई चलचित्रको सम्पुर्ण दृश्यमा ढाका टोपीमा देख्न सकिनेछ ।

चलचित्रमा आयषा र वील्सन सहित मराठी फिल्मकी अभिनेत्री सुप्रिया पिलजंकर, नील भूपालान, राजश्री देशपाण्डे, र बाल कलाकार सर्ताज कक्कर मुख्य भूमिकामा छन् । पण्डेमोनियम पिक्चर्सको ब्यानरमा निर्माण भईरहेको फिल्मलाई पुष्कर सिंहले छायाँकन गरिहेका छन् ।  

वील्सनका लागि भ्यानिटी भ्यान, छुट्टै गाडी र ड्राईभरका साथ एक म्यानेजर समेत दिएर ठूलो सम्मान दिएको छ यूनिटले । नयाँ डिरेक्टर आशुतोष वारङको निर्देशनमा बनिरहेको फिल्मलाई मिल्ली सिन्नलले फाईनान्स गरेका छन् । 

यसअघि कलाकार सुनिल थापा पनि बलिउड चलचित्रमा अभिनय गरीसकेका छन् । सुनिलले बलिउड चलचित्रमा अभिनय गरेपछि उनको चर्चा अझ चुलिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु