दिनेश ठकुल्ला । साँगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाको नेपालका नेता बोलको नयाँ गित अडियो भिडीयो सहित सार्वजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला । साँगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाको नेपालका नेता बोलको नयाँ गित अडियो भिडीयो सहित सार्वजन"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोटो समयमा लाकेप्रिय बन्दै गायक थापा (भिडीयोसहित)

२०७३, १२ पुष मंगलवार ०६:२२

दिनेश ठकुल्ला । साँगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाको नेपालका नेता बोलको नयाँ गित अडियो भिडीयो सहित सार्वजनिक भएको छ । वर्तमान नेपालको वास्तविक राजनैतिक, आर्थिक तथा सामाजिक अवस्थालाई समेटेर तयार पारिएको उक्त गितलाई काठमाण्डौको अनामनगर स्थित विशेष डिजिटल स्टुडियोले बजारमा ल्याएको हो ।  

गायक थापाकी जीवन संगिनी चित्रकला बुढाथापाको लय शब्द रहेको सो गितमा गायक थापाको स्वर रहेको छ भने उहाँ आफैले अभिनय समेत गर्नु भएको छ । गायक थापाले नेपालका नेता बोलको यो गितमा आफूले नेपाली जनताले भोग्नु परेको वास्तविकतालाई गित मार्फत छर्लगं पार्न खोजेको बताउनुभयो । 

यसअघि क्या राम्रो रैछ नी साँफेबगर बाट साँगितिक यात्राको शुरुवात गर्नु भएका गायक थापाले त्यसपछि बर पिपल छाँयाले म त भेट्न टीकापुर आइ पुगे तिम्रै मायाले, यस्तै धेरै भए फटाहा जाली देश बिगार्ने कुरामा कसैले नबजाउ है ताली लगायतका लोकप्रिय गितहरु बजारमा ल्याइ सक्नु भएको छ । 

उहाँले भन्नुभयो आफ्नो जीवन लोक संगितमा नै व्यतित गर्ने भन्दै आगामी दिनहरुमा पनि अझै उत्कृष्ट किसिमका गितहरु बजारमा ल्याउन आफू संघर्षरत रहेको बताउनुभयो । गायक थापाले छोटो समयमा नै धेरै दर्शक एवं शुभेच्छुकहरुबाट निकै माया पाएको भन्दै यसले आफूलाई साँगितिक यात्रामा थप हौसला दिएको भन्दै खुशी समेत व्यक्त गर्नुभयो । 

अक्टोबर ३० तारिख मा भारतमा जेटि गु्रप वापीले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रम र अक्टोबर ३१ तरिखका दिन प्रवासि नेपाली संघ सारीगामले सारीगाममा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा गाएर धमाकेदार प्रस्तुतीको साथमा दर्शकहरुलाई मञ्चमा नचाउन सफल भएका थिए । 

गायक थापाको प्रस्तुतीको क्रममा कार्यक्रममा सहभागि सबै दर्शक एवं स्रोतहरु समेत निकै रमाएका थिए आवाजमा निकै दम भएका पूर्व सञ्चारकर्मी समेत रहेका गायक थापाले गायनका साथै विभिन्न महोत्सव एवं साँस्कृतिक कार्यक्रममा समेत कुशल उद्घोषक एवं कार्यक्रमम सञ्चालकको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएको छ । 

वि.सं. २०४९ साल असार ६ गते बुबा जित बहादुर थापा र आमा धनकला देवी थापाका साहिला छोराका रुपमा अछाम जिल्ला वरदादेवी गाविस वडा नम्बर ५ बेल्पाटामा जन्मिनुभएका थापा हाल काठमाण्डौको रत्न राज्य लक्ष्मी क्याम्पसमा एम. ए. दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । 

खप्तड साँस्कृतिक परिवार टीकापुरका पूर्व उपाध्यक्ष समेत रहनु भएका थापा विभिन्न साँस्कृतिक समूहरुमा समेत आवद्ध रहनु भएको छ । गायक थापाको आगामी साँगितिक यात्रा सफल र सुखद रहोस् हाम्रो हार्दिक मंगलमय शुभकामना  । उहाँको साँगितिक यात्रा अझै अघि बढोस हाम्रो पनि लोकगायक थापालाई लाखौ लाख शुभकामना ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह