फागुन १९, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १९, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना "/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस लुम्बिनीका विजेता ‘मिस नेपाल एशियामा’

१९ फाल्गुन २०७३, बिहीबार ११:१६


फागुन १९, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना प्रतिष्पर्धा सहभागी हुन पाउने भएका छन् ।  

गत आइतबार बुटवलमा मिस लुम्बिनीको फाईनल भएको थियो । १९ जनालाई पछि पार्दै न्यू होराइजनमा अध्ययनरत भैरहवाकी खुस्वु क्षेत्री मिस लुम्बिनी २०७३ बन्न सफल भएकी थिईन् । यस्तै यस्तै बुटवलकी पूजा प्रधान फस्ट रनरअप भएकी थिईन् भने चिल्हियाकी पद्मा अधिकारी सेकेण्ड रनरअप  बनेकी थिई्न । 

विजेता क्षेत्री र उप विजेता प्रधानलाइ ‘मिस नेपाल एशिया’मा विना प्रतिष्पार्धा सहभागी हुन पाउने गरी सम्झौता भएको डिम ईभेन्टका सिईयो विकास थापाले जानकारी दिए । विहिवार बुटवलमा आयोजना गरिएको मिस लुम्बिनी पोष्ट ईभेन्ट कार्यक्रममा बोल्दै सिईयो थापाले विजेता क्षेत्रीले एक बर्ष सम्म  टाईटल स्पोन्सर एई कन्सल्टेन्सीको ब्रान्ड एड्बेन्सर बन्न पाउने जानकारी दिए । उनले भने–‘विजेताले ५० हजार नगद सहित विभिन्न आर्काषक उपाहार  प्राप्त गर्नुभएको थियो, काठमाडौंमा हुने मिस एसिया नेपालको टप २० मा सिधै प्रवेश हुन पाउनु हुने छ ।’


पोष्ट इेभेन्ट कार्यक्रमा एई एजुकेशन कन्सल्टेन्सीका गंगा सापकोटाले ब्रान्ड एडबेन्सर बन्नको लागि आवश्यक प्रक्रिया अगाडी बढेको जानकारी दिएका थिए । 

कार्यक्रम संयोजक सुमोदमान शैजुका अनुसार ईभेन्टको अफिसियल डिजाइनर अनुष्का सैंजुले गरेकी थिईन् ।  २०७३ मंसिर १५ गतेदेखि पुस ८ गतेसम्म खुलाइएको निवेदनमा सबैगरी २०० जनाले आवेदन फारम भरेका थिए । पुस ९ गते पहिलो अडिसन र पुस १५ गते दोस्रो अडिसन सम्पन्न भएको थियो । 

जसमा २०० जनाबाट ३० जनालाई छनोट गरिएको थियो । ईभेन्टका सिईयो थापाले पहिलो पटक बुटवलमा आयोजना गरिएको मिस लुम्बिनीलाई अर्का बर्ष निरन्तरात दिईने जानकारी दिए । उनले भने–‘बुटवलले पनि यस्तो प्रकृतिको ईभेन्ट आयोजना गरेर एक प्रकारको सन्देश प्रवाह गरेको छ, यस्लाई अर्को बर्ष पनि हामी निरन्तता दिने छौं ।’ 

कार्यक्रममा पत्रकार टि.आर शर्मा, सुमन श्रेष्ठ, विजेट खुस्वु क्षेत्री,  फष्ट रनरअप पुजा प्रधान, सकेण्ड रनरअफ पद्मा अधिकारी लगायतले बोल्दै बुटवलबाट यस्तो प्रकृतिको कार्यक्रम आयोजना गरी विशेष सन्देश प्रवाह गरेको धारणा राखेका थिए । कृष्ण खनालबाट

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट