फागुन २०, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २०, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

मिस लुम्बिनीका विजेता ‘मिस नेपाल एशियामा’

१९ फाल्गुन २०७३, बिहीबार २३:३४


फागुन २०, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना प्रतिष्पर्धा सहभागी हुन पाउने भएका छन् ।  

गतआइतबार बुटवलमा मिस लुम्बिनीको फाईनल भएको थियो । १९ जनालाई पछि पार्दै न्यू होराइजनमा अध्ययनरत भैरहवाकी खुस्वु क्षेत्री मिस लुम्बिनी २०७३ बन्न सफल भएकी थिईन् । यस्तै यस्तै बुटवलकी पूजा प्रधान फस्ट रनरअप भएकी थिईन् भने चिल्हियाकी पद्मा अधिकारी सेकेण्ड रनरअप  बनेकी थिई्न । विजेता क्षेत्री र उप विजेता प्रधानलाइ ‘मिस नेपाल एशिया’मा विना प्रतिष्पार्धा सहभागी हुन पाउने गरी सम्झौता भएको डिम ईभेन्टका सिईयो विकास थापाले जानकारी दिए । विहिवार बुटवलमा आयोजना गरिएको मिस लुम्बिनी पोष्ट ईभेन्ट कार्यक्रममा बोल्दै सिईयो थापाले विजेता क्षेत्रीले एक बर्ष सम्म  टाईटल स्पोन्सर एई कन्सल्टेन्सीको ब्रान्ड एड्बेन्सर बन्न पाउने जानकारी दिए । उनले भने–‘विजेताले ५० हजार नगद सहित विभिन्न आर्काषक उपाहार  प्राप्त गर्नुभएको थियो, काठमाडौंमा हुने मिस एसिया नेपालको टप २० मा सिधै प्रवेश हुन पाउनु हुने छ ।’


पोष्ट इेभेन्ट कार्यक्रमा एई एजुकेशन कन्सल्टेन्सीका गंगा सापकोटाले ब्रान्ड एडबेन्सर बन्नको लागि आवश्यक प्रक्रिया अगाडी बढेको जानकारी दिएका थिए । 

कार्यक्रम संयोजक सुमोदमान शैजुका अनुसार ईभेन्टको अफिसियल डिजाइनर अनुष्का सैंजुले गरेकी थिईन् ।  २०७३ मंसिर १५ गतेदेखि पुस ८ गतेसम्म खुलाइएको निवेदनमा सबैगरी २०० जनाले आवेदन फारम भरेका थिए । पुस ९ गते पहिलो अडिसन र पुस १५ गते दोस्रो अडिसन सम्पन्न भएको थियो । जसमा २०० जनाबाट ३० जनालाई छनोट गरिएको थियो । ईभेन्टका सिईयो थापाले पहिलो पटक बुटवलमा आयोजना गरिएको मिस लुम्बिनीलाई अर्का बर्ष निरन्तरात दिईने जानकारी दिए । उनले भने–‘बुटवलले पनि यस्तो प्रकृतिको ईभेन्ट आयोजना गरेर एक प्रकारको सन्देश प्रवाह गरेको छ, यस्लाई अर्को बर्ष पनि हामी निरन्तता दिने छौं ।’ कार्यक्रममा पत्रकार टि.आर शर्मा, सुमन श्रेष्ठ, विजेट खुस्वु क्षेत्री,  फष्ट रनरअप पुजा प्रधान, सकेण्ड रनरअफ पद्मा अधिकारी लगायतले बोल्दै बुटवलबाट यस्तो प्रकृतिको कार्यक्रम आयोजना गरी विशेष सन्देश प्रवाह गरेको धारणा राखेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट