एजेन्सी । भारतीय सिनेमामा सर्वाधिक सफल फिल्म ‘बाहुबली’ र ‘बाहुबली–२’को सेट, पात्र, हतियार तथा विभिन्न चीजको पछि रोचक प्रसंगहरु छन् । फिल्ममा यी सबै चीजलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एजेन्सी । भारतीय सिनेमामा सर्वाधिक सफल फिल्म ‘बाहुबली’ र ‘बाहुबली–२’को सेट, पात्र, हतियार तथा विभिन्न चीजको पछि रोचक प्रसंगहरु छन् । फिल्ममा यी सबै चीजलाई "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाहुबलीको ११ रोचक तथ्य, बाहुबलीलाई मार्ने योजना थिएन

२६ बैशाख २०७४, मंगलवार १३:३७


एजेन्सी । भारतीय सिनेमामा सर्वाधिक सफल फिल्म ‘बाहुबली’ र ‘बाहुबली–२’को सेट, पात्र, हतियार तथा विभिन्न चीजको पछि रोचक प्रसंगहरु छन् । फिल्ममा यी सबै चीजलाई नयाँ तरिकाले प्रयोग गरिएको छ । जान्नुहोस् फिल्मसँग जोडिएका यस्तै केही नसुनिएका १२ कुरा ।

१. टिस्यु पेपर’बाट बनेको थियो १००० फीटको झरना – फिल्मको दुवै भागमा देखिएको १००० फीट माथिबाट झरेको झरनाको दृश्य टिस्यू पेपरको मद्दतबाट सुट गरिएको हो । टिस्यु कागजलाई लामो तथा मध्यम आकारमा काटेर झरनाको दृश्यमा पानी जस्तै मेसिनद्धारा तल झारिएको थियो । तर, झरनाको तलको भाग भने साँचो हो । त्यस्तै, बरफको ढिका पनि कागजबाटै बनाइएको थियो ।


२. दरबारमा कुदिएको कला मन्दिरको हो – फिल्मको दोस्रो भागमा देखिएको माहिष्मति राज्यको दरबार कुनै पनि फिल्ममा बनाइएको अहिलेसम्मकै सबैभन्दा अग्लो दरबार हो । यो पेरिसको एफिल टावर बराबरको उचाईको छ । राजस्थानका २ मन्दिरको अध्ययन गरेपछि दरबारको भित्री भगको कला कुदियो । माहिष्मति दरबारको सेट बनाउँनका लागि १९०० व्यक्तिले ९०देखि १०० दिनसम्म लगातार काम गरे ।


३. धान काट्ने मेसिनबाट रथ बनाउँने आइडिया – फिल्मको पहिलो भागमा ‘सिंगल ब्लेड’को रथ देखाइएको थियो । त्यस्तै, दोस्रो पार्टको लागि भने ४ ब्लेडको बनाएका थिए । फिल्म समूहलाई यस्तो विचार किसानले धान काट्न प्रयोग गर्ने मेसिनबाट आएको थियो । उनीहरुले बुलेट किनेर त्यसको इन्जिनलार्य रथमा फिट गरियो, जसलाई बनाउँन एक महिना लागेको थियो ।


४. १५ सय सैनिक थिए, युद्धमा सवा लाख देखिए – पहिलो भागको ‘क्लाइमेक्स’ दृश्यमा माहिष्मतिका २३ हजार सैनिक दुश्मनका १ लाख सैनिकसँग लडिरहेको देखाइएको थियो । तर, एकै समयमा १५०० भन्दा बढी सैनिकहरुलाई दृश्यांकन गर्न असम्भव थियो । बाँकीलाई थ्रि–डी प्रविधिबाट देखाएइको थियो ।


५. १०० ट्रक माटो राखेर बाहुबलीलाई मारियो – बाहुबलीलाई मार्ने दृश्यका लागि एक नांगो पहाड दृश्यमा देखाउँनु पर्ने थियो । त्यसका लागि तोकिएको ठाउँमा पानी परेर झार उम्रिएकाले रातारात १०० ट्रक माटो थुपारेर रोड बनाइयो । ६० फिट अग्लो नक्कली पहाड बनाइयो र त्यसमाथिबाट रातो रंग लगाइयो । राजस्थानबाट रुख मगाएर फाइबर ग्लासको मद्दतले ति रुखको नक्कल बनाइयो । बाहुबली मर्ने दृश्यको सेट तयार पार्न ४५ दिन–रात लागेको थियो ।


६. हेलिकप्टरको पखेटा बनाउँन प्रयोग गरिने पदार्थबाट बनाइयो हल्का हतियार – यस फिल्ममा देखिएका साँडे, घोडा, सर्पआदि सबै जनावर र साना–ठूला हतियार हेलिकप्टरको पखेटा बनाउँने कच्चा पदार्थ कार्बन फाइबरबाट बनाइएको हो ।


७. ५ बर्षसम्म सुटिङका लागि ३ बजे उठ्नु पर्यो – फिल्मका सबै सदस्य पाँच बर्षसम्म बिहानको ३ बजे उठ्नु पर्थ्यो । बाहुबलीको दुवै पार्टको सुटिङ ६१५ दिन चलेको थियो । ३० स्टुडियोले फिल्ममा भिजुअल इफेक्टमाथि काम गरेका छन् । युक्रेन, सर्बिया, इरान र चीनको स्टुडियोमा यस फिल्मका लागि काम गरियो ।


८. २ मिनेटको दृश्यका लागि लाग्यो १०० दिन – अन्तिम लडाई दृश्यांकन गर्नु सबैभन्दा ठूलो चुनौति थयो । जम्मा २ मिनेटको दृश्यका लागि करिब १०० मिनेट दिन लागेको थियो । त्यसका लागि प्रविधिको राम्रो प्रयोग गरिएको छ ।


९. बाहुबलीको ९० प्रतिशत दृश्य नक्कली हुन् – दुवै भागको ९० प्रतिशत दृश्य नक्कली हुन् । कटप्पाले बाहुबलीलाई मारेको दृश्य समेत नक्कली थियो । फिल्ममा देखिएको पहाडदेखि जनावर सबै प्रविधिको प्रयोगबाट देखाइएको छ । २० देखि २५ फीटको दुरीबाट लिएको दृश्य मात्रै फिल्मको वास्तविक दृश्य हो ।


१०. ४ भागमा बनाइयो भल्लाल देवको ४०० किलोको मूर्ति – माहिष्मति राज्यमा राखिएको भल्लालदेवको मूर्तिको वजन ४ सय किलो थियो । यसलाई ४०० व्यक्तिको समूहले बनाएको थियो । यसलाई ४ अलग–अलग भागमा तयार गरिएको थियो । जसमा करिब एक महिनाको समय लागेको थियो ।


११. बाहुबलीलाई मार्ने सोचिएको थिएन – बाहुबलीको सुरुवाती स्क्रिप्टमा कटप्पाद्धारा बाहुबलीलाई मोर्ने योजना थिएन । तर, जब फिल्मका समूहले ‘ड्रामा’ मिसाउँनुहोस भनेपछि यो दृश्यलाई फिल्मको अन्त्यमा जोडियो । यदि समूहले त्यसो नभएको भए सायद ‘कटप्पाले बाहुबलीलाई किन मार्यो ?’ भन्ने प्रश्न भाइरल हुन्न थियो होला । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट