एजेन्सी । भारतीय सिनेमामा सर्वाधिक सफल फिल्म ‘बाहुबली’ र ‘बाहुबली–२’को सेट, पात्र, हतियार तथा विभिन्न चीजको पछि रोचक प्रसंगहरु छन् । फिल्ममा यी सबै चीजलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एजेन्सी । भारतीय सिनेमामा सर्वाधिक सफल फिल्म ‘बाहुबली’ र ‘बाहुबली–२’को सेट, पात्र, हतियार तथा विभिन्न चीजको पछि रोचक प्रसंगहरु छन् । फिल्ममा यी सबै चीजलाई "/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाहुबलीको ११ रोचक तथ्य, बाहुबलीलाई मार्ने योजना थिएन

२०७४, २६ बैशाख मंगलवार १३:३७


एजेन्सी । भारतीय सिनेमामा सर्वाधिक सफल फिल्म ‘बाहुबली’ र ‘बाहुबली–२’को सेट, पात्र, हतियार तथा विभिन्न चीजको पछि रोचक प्रसंगहरु छन् । फिल्ममा यी सबै चीजलाई नयाँ तरिकाले प्रयोग गरिएको छ । जान्नुहोस् फिल्मसँग जोडिएका यस्तै केही नसुनिएका १२ कुरा ।

१. टिस्यु पेपर’बाट बनेको थियो १००० फीटको झरना – फिल्मको दुवै भागमा देखिएको १००० फीट माथिबाट झरेको झरनाको दृश्य टिस्यू पेपरको मद्दतबाट सुट गरिएको हो । टिस्यु कागजलाई लामो तथा मध्यम आकारमा काटेर झरनाको दृश्यमा पानी जस्तै मेसिनद्धारा तल झारिएको थियो । तर, झरनाको तलको भाग भने साँचो हो । त्यस्तै, बरफको ढिका पनि कागजबाटै बनाइएको थियो ।


२. दरबारमा कुदिएको कला मन्दिरको हो – फिल्मको दोस्रो भागमा देखिएको माहिष्मति राज्यको दरबार कुनै पनि फिल्ममा बनाइएको अहिलेसम्मकै सबैभन्दा अग्लो दरबार हो । यो पेरिसको एफिल टावर बराबरको उचाईको छ । राजस्थानका २ मन्दिरको अध्ययन गरेपछि दरबारको भित्री भगको कला कुदियो । माहिष्मति दरबारको सेट बनाउँनका लागि १९०० व्यक्तिले ९०देखि १०० दिनसम्म लगातार काम गरे ।


३. धान काट्ने मेसिनबाट रथ बनाउँने आइडिया – फिल्मको पहिलो भागमा ‘सिंगल ब्लेड’को रथ देखाइएको थियो । त्यस्तै, दोस्रो पार्टको लागि भने ४ ब्लेडको बनाएका थिए । फिल्म समूहलाई यस्तो विचार किसानले धान काट्न प्रयोग गर्ने मेसिनबाट आएको थियो । उनीहरुले बुलेट किनेर त्यसको इन्जिनलार्य रथमा फिट गरियो, जसलाई बनाउँन एक महिना लागेको थियो ।


४. १५ सय सैनिक थिए, युद्धमा सवा लाख देखिए – पहिलो भागको ‘क्लाइमेक्स’ दृश्यमा माहिष्मतिका २३ हजार सैनिक दुश्मनका १ लाख सैनिकसँग लडिरहेको देखाइएको थियो । तर, एकै समयमा १५०० भन्दा बढी सैनिकहरुलाई दृश्यांकन गर्न असम्भव थियो । बाँकीलाई थ्रि–डी प्रविधिबाट देखाएइको थियो ।


५. १०० ट्रक माटो राखेर बाहुबलीलाई मारियो – बाहुबलीलाई मार्ने दृश्यका लागि एक नांगो पहाड दृश्यमा देखाउँनु पर्ने थियो । त्यसका लागि तोकिएको ठाउँमा पानी परेर झार उम्रिएकाले रातारात १०० ट्रक माटो थुपारेर रोड बनाइयो । ६० फिट अग्लो नक्कली पहाड बनाइयो र त्यसमाथिबाट रातो रंग लगाइयो । राजस्थानबाट रुख मगाएर फाइबर ग्लासको मद्दतले ति रुखको नक्कल बनाइयो । बाहुबली मर्ने दृश्यको सेट तयार पार्न ४५ दिन–रात लागेको थियो ।


६. हेलिकप्टरको पखेटा बनाउँन प्रयोग गरिने पदार्थबाट बनाइयो हल्का हतियार – यस फिल्ममा देखिएका साँडे, घोडा, सर्पआदि सबै जनावर र साना–ठूला हतियार हेलिकप्टरको पखेटा बनाउँने कच्चा पदार्थ कार्बन फाइबरबाट बनाइएको हो ।


७. ५ बर्षसम्म सुटिङका लागि ३ बजे उठ्नु पर्यो – फिल्मका सबै सदस्य पाँच बर्षसम्म बिहानको ३ बजे उठ्नु पर्थ्यो । बाहुबलीको दुवै पार्टको सुटिङ ६१५ दिन चलेको थियो । ३० स्टुडियोले फिल्ममा भिजुअल इफेक्टमाथि काम गरेका छन् । युक्रेन, सर्बिया, इरान र चीनको स्टुडियोमा यस फिल्मका लागि काम गरियो ।


८. २ मिनेटको दृश्यका लागि लाग्यो १०० दिन – अन्तिम लडाई दृश्यांकन गर्नु सबैभन्दा ठूलो चुनौति थयो । जम्मा २ मिनेटको दृश्यका लागि करिब १०० मिनेट दिन लागेको थियो । त्यसका लागि प्रविधिको राम्रो प्रयोग गरिएको छ ।


९. बाहुबलीको ९० प्रतिशत दृश्य नक्कली हुन् – दुवै भागको ९० प्रतिशत दृश्य नक्कली हुन् । कटप्पाले बाहुबलीलाई मारेको दृश्य समेत नक्कली थियो । फिल्ममा देखिएको पहाडदेखि जनावर सबै प्रविधिको प्रयोगबाट देखाइएको छ । २० देखि २५ फीटको दुरीबाट लिएको दृश्य मात्रै फिल्मको वास्तविक दृश्य हो ।


१०. ४ भागमा बनाइयो भल्लाल देवको ४०० किलोको मूर्ति – माहिष्मति राज्यमा राखिएको भल्लालदेवको मूर्तिको वजन ४ सय किलो थियो । यसलाई ४०० व्यक्तिको समूहले बनाएको थियो । यसलाई ४ अलग–अलग भागमा तयार गरिएको थियो । जसमा करिब एक महिनाको समय लागेको थियो ।


११. बाहुबलीलाई मार्ने सोचिएको थिएन – बाहुबलीको सुरुवाती स्क्रिप्टमा कटप्पाद्धारा बाहुबलीलाई मोर्ने योजना थिएन । तर, जब फिल्मका समूहले ‘ड्रामा’ मिसाउँनुहोस भनेपछि यो दृश्यलाई फिल्मको अन्त्यमा जोडियो । यदि समूहले त्यसो नभएको भए सायद ‘कटप्पाले बाहुबलीलाई किन मार्यो ?’ भन्ने प्रश्न भाइरल हुन्न थियो होला । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु