नेपाली चलचित्र  'कमलेको बिहे'को गीत सार्बजनिक  गरिएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो । लोकलयमा निर्माण भएको 'टाकान टुकुन' बोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेपाली चलचित्र  'कमलेको बिहे'को गीत सार्बजनिक  गरिएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो । लोकलयमा निर्माण भएको 'टाकान टुकुन' बोल"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“कमलेको बिहे’को गीत सार्बजनिक

७ जेष्ठ २०७४, आईतवार ०२:२१

नेपाली चलचित्र  'कमलेको बिहे'को गीत सार्बजनिक  गरिएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो । लोकलयमा निर्माण भएको 'टाकान टुकुन' बोलको गीतमा राजनराज सिवाकोटी ,शिखर सन्तोष तथा बाबुल गिरि को रहेको छ । आलेख, कथा तथा सम्बाद महेश दवाडीको रहेको छ । राजनराज सिवाकोटी र मण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियोमा दीपकमान सिंहले नृत्य निर्देशन गरेका छन्। म्युजिक भिडियो निर्देशनमा पृथक पहिचान बनाउन सफल निर्देशक प्रसन्न पौडेलको निर्देशनमा तयार भएको 'कमलेको बिहे'मा अनुप विक्रम शाही र सन्ध्या केसीले अभिनय गरेका छन् ।

यसै गरि गीत/शब्द प्रकट कुमार शिशिर तथा राजन राज सिवाकोटीको रहेको छ भने चलचित्रमा मागेर गरिएको बिबाह तथा प्रेम बिवाह बिचको द्वन्द हो ​। ​चलचित्रमा अनुपले 'कमले' र सन्ध्याले 'चमेली' को भूमिकामा देखिने छन् ।​ ​कमलेले पहिला-पहिला जस्तो आफ्नो घरबाट रोजेको केटीलाई विवाह गर्छ कि आफुले रोजेकोलाई बिवाह गर्छ भन्ने कुरा नै मुख्य विषयबस्तु हो,' चलचित्रका निर्देशक पौडेलले भने ।  

सरिता लामा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता दीपक बिस्ट हुन। । यसै गरि सह निर्मातामा सुनिल बिष्ट तथा मिलन राई रहेका छन् । विदुर पाण्डेले खिचेको चलचित्रलाई तारा थापा 'किम्भे'ले सम्पादन गरेका हुन्। ​ ​चलचित्रमा गायक गायिकाहरुमा राजन राज सिवाकोटी ,मण्डवि त्रिपाठी ,युवराज चौलागाई ,समिर आचार्य तथा अरुण देव यादव रहेका छन् भने द्वन्द निर्देशक सम्राट बस्नेत को रहेको छ ।

सम्पादन तारा थापाको रहेको छ भने जीवन्तता (कलर )श्याम कुवर तथा पार्श्व शैलेश श्रेष्ठको रहेको छ । प्रस्तुति अभिकल्पक (डिजाईनर ) प्रकाश महरा तथा प्रस्तुति व्यवस्थापक प्रकाश हमालको रहेको छ । चलचित्रमा अनुप र सन्ध्याको अतिरिक्त विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तमाङ, किरण लाकोउल लगायतको अभिनय रहेको छ । 

हेर्नुहोस यस्तो छ गीत :- 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट