जेठ १८, काठमाडौं । जिग्रीपाडें प्रतिष्ठानलाई हास्यकलाकारद्वय सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोच’ ले सहयोग रकम हस्तान्तरण गरेका छन् । 

सप्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १८, काठमाडौं । जिग्रीपाडें प्रतिष्ठानलाई हास्यकलाकारद्वय सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोच’ ले सहयोग रकम हस्तान्तरण गरेका छन् । 

सप्"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बले-कक्रोजद्धारा अमेरिकामा जुटेको सहयोग रकम जिग्री-पाँडेलाई हस्तान्तरण (भिडियो सहित)

२०७४, १८ जेष्ठ बिहीबार १०:५६


जेठ १८, काठमाडौं । जिग्रीपाडें प्रतिष्ठानलाई हास्यकलाकारद्वय सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोच’ ले सहयोग रकम हस्तान्तरण गरेका छन् । 

सप्तरीमा दृष्टिविहीन परिवारको लागि निर्माण भइरहेको तीन घरको लागि उनीहरुले २ लाख ५० हजार हस्तान्तरण गरेका हुन् । गत चैत २४ गते बले—कक्रोज अमेरिकामा हुने बिभिन्न साँस्कृति कार्यक्रमका लागी गएका थिए । सोही क्रममा अमेरिकाको जर्जिया शहरबाट उठेको सहयोग रकम जिग्री पाँडे प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् । 

‘हामीले सहयोग रकम जुटाएर मनसायले गएका त होइनौं तर त्यहाँ हामी पुग्दा जिग्री पाँडे प्रतिष्ठानले यस्तो सामाजिक कार्य गर्दै रहेछ हामी जतिसक्छौं त्यति दिन्छौं भनेर केहि सहयोगी मनहरुले सहयोग गर्नुभएको हो’, कलाकार सागर लम्सालले भने ।

सुर्य लम्सालको नेतृत्वमा जर्जियामा भएका दुई कार्यक्रममा उपस्थित दर्शकहरुबाट सो रकम जुटेको सागरले जानकारी दिए । पोखरा बासी राजु थापा एक्लैले उक्त रकममा १ हजार डलर सहयोग गरेको बताइयो । हाल उनी जर्जियामै ब्यवसाय गर्दै आएका छन् ।

सहयोग रकम बुझिसकेपछि जिग्री पाँडे प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले आफुहरुले थालनी गरेको सामाजिक कार्यक्रममा अमेरिका जस्तो देशमा पुगेर पनि आफ्नो देशका गरिबीहरुका लागी सहयोग गरिदिने सबैमनमा आभार प्रकट गरे ।

प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेले प्रतिष्ठानले थालनी गरेको घर निर्माणका लागी अझै २० प्रतिशत रकम अभाव भएको र अन्य जो कोहि सहयोगी मनहरुका लागी सहयोग गर्न आग्रह गरे । ‘हामीले जहाबाट जतिले सहयोग गर्नुभएको छ सबैको सहयोग बिवरण त्यसैगरी खर्च बिवरण सबै सार्वजनिक गर्ने छौं’, अर्जुनले भने ।  सहयोग रकम भद्रगोलको छायांकनस्थल मुड्खुमै हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु