जेठ, काठमाडौं । गायक प्रदिप सुन्दासले पछिल्लो समय राजधानीको नयाँ ट्राफिक नियमलाई समेट्दै एक गीत बजारमा ल्याएका छन् । बिहिबार राजधानीको इन्द्रेणी फुडल्याण्डम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ, काठमाडौं । गायक प्रदिप सुन्दासले पछिल्लो समय राजधानीको नयाँ ट्राफिक नियमलाई समेट्दै एक गीत बजारमा ल्याएका छन् । बिहिबार राजधानीको इन्द्रेणी फुडल्याण्डम"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदिपले ल्याए समसामाहिक गीत ‘मार्यो जे्रबा क्रसिङले’ (भिडियोसहित)

२६ जेष्ठ २०७४, शुक्रबार ०५:३१


जेठ, काठमाडौं । गायक प्रदिप सुन्दासले पछिल्लो समय राजधानीको नयाँ ट्राफिक नियमलाई समेट्दै एक गीत बजारमा ल्याएका छन् । बिहिबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा एक कार्यक्रमका बिच ‘जेब्रा क्रसिङ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

जेपिएस. ग्रुपले बजारमा ल्याएको उक्त गीतमा गायक प्रदिपको एकल आवाज रहेको छ । साथै गीतको एरेन्ज तेजेनले गरेका हुन् । गीतको सार्वजनिक भिडियो पनि रोचक बनाइएको छ । जेब्रा क्रसिङका कारण प्रेमिकालाई समयमै भेट्न नपाउदाको पिडा भिडियोमा पनि देखाइएको छ । भिडियोमा सुजन, सुवर्ण, जयराम, पुजाको अभिनय छ ।

गीतको बारेमा बोल्दै गायक प्रदिपले दर्शककै माग अनुरुप पछिल्लो समयको समसामायिक बिषयबस्तुलाई उठाएको बताए । उनले नयाँ ट्राफिक नियमलाई नै रमाइलो तरिकाले गीतमा ल्याउदा सन्देश पनि जाने बताए । ‘मैले यो भन्दा अघि यस्तो प्रकारको गीत त गाएको थिएन तर समसामाहिक गीत पनि गाउनु पर्छ भन्ने लाग्यो र गीतमा रमाइलोको साथमा सन्देश पनि दिन खोजिएको छ ।’, गायक प्रदिपले भने । यसभन्दा अघि देशभक्ति तथा अन्य आधुनिक गीत मात्र गाउनु भएका तपाई एक्कासी यस्तो गीत बनाउने सोंच कहाँबाट आयो भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा उनले भने— ‘हाम्रो तिन जनाको जेपिएस भन्ने ग्रुप छ हामी हरेक काम यो ग्रुपबाट सल्लाह गरेर गर्छौ यस्तै क्रममा नयाँ गीत निकालौं भन्दै गर्दा अहिलेको राजधानीको परिवेशलाई समेटौं भनेर निकालेका हौं ।’ साथै प्रदिपले गीतको रचना पनि रेकिर्डिङ स्टुडियो भित्रै गरेर दुईदिन भित्रमा भिडियो नै सार्वजनिक गरेको बताए ।

कार्यक्रममा गीतको बारेमा बोल्दै नायक अनुरुप पोख्रेल, कान्छा पत्रकार सुजन आचार्य लगायतका अतिथिहरुले गायक प्रदिपलाई गीत राम्रो भएको भन्दै बधाई तथा शुभकामना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट