जेठ, चितवन । चितवनमा भएको ‘मिस एस.ई.ई. स्टार चितवन २०७४’को उपाधि अनुस्का रानाभाटले हात पारेकी छिन् । 

जम्मा २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले नगद "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ, चितवन । चितवनमा भएको ‘मिस एस.ई.ई. स्टार चितवन २०७४’को उपाधि अनुस्का रानाभाटले हात पारेकी छिन् । 

जम्मा २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले नगद "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुस्का भईन् मिस एसईई चितवन

२९ जेष्ठ २०७४, सोमबार ०८:१८


जेठ, चितवन । चितवनमा भएको ‘मिस एस.ई.ई. स्टार चितवन २०७४’को उपाधि अनुस्का रानाभाटले हात पारेकी छिन् । 

जम्मा २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले नगद बिस हजार सहितको उपाधि हात पारेकी हुन् । शनिबार चितवनको क्षेत्रपाटीमा रहेको होटल सनसिटीमा भएको अन्तिम प्रतिस्पर्धामा अनुस्काले २८ प्रतियोगीबाट टप १२ र ५ हुँदै चितवन जिल्लाको ‘मिस एस.ई.ई. स्टार २०७४’ बन्न पुगेकी हुन् । अनुस्कालाई मिस चितवन सुमन गुरुङले मिस एसईई स्टार चितवनको ताज पहिराईदिएकी थिइन् । यस प्रतियोगीता ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रा.ली.’ ले आयोजना गरेको हो ।

मिस एसईईको उपाधिका साथमा अनुस्कालाई ‘मिस कन्फिडेन्ट’को उपाधि पनि मिल्यो । साथै प्रतियोगीतामा पहिलो रनरअपबाट चौथो रनरअपमा क्रमशः भुमिका आचार्य, सुजता ढकाल, करिना श्रेष्ठ र स्वेता अर्याले हात पारे । ‘मिस एस.ई.ई. स्टार चितवन’ को बिजेतालाई मध्यनेपालको अक्सफोर्ड कलेजले ‘प्लस टु’ सम्मका लागी स्कलरसिपको ब्यवस्था गरेको छ । साथै अन्य दोस्रो र तेस्रो बिजेतालाई पनि नौं महिनाका लागी स्कलरसिपको ब्यवस्था गरिएको कलेजले जानकारी गराएको थियो ।


क्यापटेन बिजय लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्य जज्को रुपमा बिनोद दास रहेका थिए भने चितवनबाट मिस नेपालको सेमिफाईनल सम्म पुगेकी उर्षा अधिकारी, नर्स सरस्वती तिमिल्सिना र चितवनकै ब्यावसायी चन्दन अग्रवाल रहेका थिए । 

बिगत एकबर्ष देखी शिक्षाका लागी सँगै भन्ने मुल नाराको साथमा बिभिन्न शिक्षा सम्बन्धि कार्यक्रम गर्दै आएको ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रा.ली.’ संस्थाले यसै नारामै रहेर ‘मिस एसईई स्टार चितवन’पनि सम्पन्न गरेको हो । कार्यक्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष नविन यादवले यो प्रतियोगीता अबदेखी बर्षेनी गरिने जानकारी दिए । साथै उनले आफ्नो संस्थाले शिक्षासँग जोडिएका थुप्रै कार्यक्रम गर्ने पनि जानकारी दिएका थिए ।

साथै यसै संस्थाले आउदो साताबाट दृष्टिबिहिनहरुका लागी हाजिरीजवाफ कार्यक्रम पनि आयोजना गर्दैछ । क्याप्टेन बिजय लामाले होस्ट गर्ने यस हिजिरीजवाफ कार्यक्रमको आउदो साताबाट अडिसन शुरु हुने र त्यसकालागी आयोजक टिम देशैभरिका २५ जिल्लामा पुग्ने आयोजक संस्थाका अध्यक्ष यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही