२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता?

२०८१, २ मंसिर आईतवार १२:३३

काठमाडौँ | रुवाउने कथावस्तुका कारण चर्चा कमाएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले तेस्रो साताको प्रदर्शनमा समेत देशभर हाउसफुल व्यापार गरिरहेको छ। हिजो शनिबारका शो समेत अधिकांश हलहरूमा भरिभराउ थिए। गत कात्तिक १५ गते रिलिज भएको फिल्मले १६ औँ दिनसम्ममा नेपालमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गर्दै ३० करोड ग्रस कलेक्सन गरेको छ।

निर्माता विनोद पौडेलका अनुसार यो फिल्म एकै दिनमा सर्वाधिक कमाउने नेपाली फिल्म मात्र नभएर सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्न सफल भएको छ। हाल देशभरका ३५० भन्दा बढी शोमा प्रदर्शन भइरहेको फिल्मले दर्शकहरूबाट अपार माया पाइरहेको छ।

फिल्मले ओभरसिज मार्केटमा समेत नयाँ रेकर्ड राख्न सफल भएको छ। एक हप्तामा सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने नेपाली फिल्मको उपाधि पाउनुका साथै विदेशी बजारमा सबैभन्दा धेरै शो पाउने नेपाली फिल्मको कीर्तिमान पनि यसले कायम गरेको छ। निर्माता पौडेलले भने, ‘हाम्रो मौलिक कथालाई नेपालसहित विश्वभर दर्शकले माया दिनुभएकोमा हामी आभारी छौँ। यो फिल्मले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय सम्भावनालाई उजागर गरेको छ।’

फिल्मको अपार सफलतापछि निर्माण टोलीले जिल्ला-जिल्ला भ्रमण थालेको छ। भ्रमणमा निर्माता, अभिनेता विजय बराल, र अभिनेत्री अञ्जना बराइलीलगायत सहभागी छन्।

तर, यसबीच केही हलहरूले गलत व्यापारिक रिपोर्ट दिएका कारण निर्माण पक्षले १९ हलमा फिल्मको शो बन्द गरेको जनाएको छ। निर्माण कम्पनी सेभेन सिस सिनेमाका अनुसार हाउसफुल शोका बावजुद हलहरूले अत्यन्तै कम ग्रस कलेक्सनको रिपोर्ट दिएका कारण फिल्मको प्रदर्शन रोक्न बाध्य भएको हो।

बन्द गरिएका हलहरूमा विराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको विना हल, गोरखाको गोरखा हल, मोरङको विराटचोक हल, इनरुवाको सिवी हल, दोलखाको चरिकोट हल, नुवाकोटको त्रिशूली हल, इलामको इलाम हल, र महेन्द्रनगरको लभकुश हललगायत रहेका छन्।

निर्माण टोलीले दर्शकलाई प्राप्त मायाको कदर गर्दै फिल्मको सही व्यापारिक जानकारी सुनिश्चित गर्न यस्ता कदम चालेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ