१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह बन्धनमा बाँधिए साउथ स्टार नागा चैतन्य र शोभिता धुलिपाला

२० मंसिर २०८१, बिहीबार १३:३७

काठमाडौँ | दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपाला वैवाहिक जीवनमा बाँधिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार दुवैले बुधबार परम्परागत शैलीमा भव्य विवाह गरेका हुन्।

यो ऐतिहासिक विवाह हैदराबादको अन्नपूर्ण स्टुडियोमा सम्पन्न भयो, जुन १९७६ मा नागा चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले स्थापना गरेका थिए। विवाहको तस्बिर चैतन्यका पिता, अभिनेता नागार्जुनले सामाजिक सञ्जालमा सेयर गरेका छन्।

तस्बिरमा शोभिता सुनको एम्ब्रोइडरीले सजिएको कञ्जीवरम रेशमी साडी र सुनका गहनामा आकर्षक देखिएकी छिन्, भने चैतन्य परम्परागत सेतो कुर्ता र धोतीमा देखिएका छन्। नागार्जुनले तस्बिर सेयर गर्दै लेखेका छन्, “शोभिता र नागाले यो सुन्दर जीवनको नयाँ अध्याय सुरु गरेको देख्दा म अत्यन्तै भावुक छु। मेरो छोरालाई बधाई र प्रिय शोभितालाई हाम्रो परिवारमा स्वागत छ। तिमीहरूले हाम्रो जीवनमा धेरै खुसी ल्याएका छौ।”

नागा र शोभिताले यसअघि अगस्टमा इन्गेजमेन्ट गरेका थिए। यो निजी कार्यक्रम नागार्जुनको हैदराबादस्थित जुबली हिल्समा रहेको घरमा सम्पन्न भएको थियो। इन्गेजमेन्टका तस्बिर पनि नागार्जुनले सार्वजनिक गरेका थिए।

यसअघि, नागा चैतन्यले सामन्था रुथ प्रभुसँग ६ अक्टोबर २०१७ मा हिन्दू र ७ अक्टोबरमा क्रिश्चियन परम्पराअनुसार विवाह गरेका थिए। विवाहपछि सामन्थाले आफ्नो नाम अक्किनेनी राखेकी थिइन्। तर, वैवाहिक जीवनको चार वर्ष पूरा हुन केही समयअघि नै, २०२१ को अक्टोबरमा, उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए। त्यसपछि सामन्थाले आफ्नो नामबाट ‘अक्किनेनी’ हटाएर फेरि सामन्था रुथ प्रभु राखेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक