१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतका धेरैजसो रेकर्ड ‘पुष्पा २’ को नाममा, ‘बाहुबली २’ पनि छुट्यो पछाडि

४ पुष २०८१, बिहीबार १२:५४

मुम्बई । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज भएको १४ दिन पुगेको छ र केही दिनमै फिल्मले भारतीय फिल्म उद्योगको बक्स अफिसका लगभग सबै रेकर्ड तोडेको छ ।

तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दीमा गत डिसेम्बर ५ मा रिलिज भएको ‘पुष्पा २’ ले आफ्नो रिलिजको ११ औं दिनमा ‘केजीएफ २’ को ८५९.७ करोडलाई उछिनेर भारतको सबैभन्दा धेरै कमाउने फिल्महरूको सूचीमा दोस्रो स्थानमा पुगेको थियो ।

‘पुष्पा २’ ले रिलिजको एक दिन अघि अर्थात ४ डिसेम्बरमा १०.६५ करोड कमाएको थियो । ‘पुष्पा २’ अहिले दोस्रो सातावाट अघि बढेको छ । जसका कारण चलचित्रको दैनिक कमाई घटेपनि चलचित्रले दैनिक २० करोडभन्दा बढी कमाई गरिरहेको छ ।

‘पुष्पा २’ ले बक्स अफिसका सबै कीर्तिमान तोडेको भएपनि २०१७ मा एसएस राजामौलीको फिल्म बाहुबलीले बनाएको फिल्मको अगाडि पहाडजस्तै रेकर्ड भने कायम छ ।

सैकनिल्कको अनुसार प्रभासको फिल्म बाहुबलीः २ ले भारतमा १०३०.४२ करोडको लाइफटाइम कलेक्सन गरेको थियो। ‘पुष्पा २’ बक्स अफिसमा जुन गतिमा चलिरहेको छ, त्यो हेर्दा यो कीर्तिमान पनि छिट्टै तोड्ने देखिन्छ ।

समग्र कमाईको मामिलामा ‘पुष्पा २’ ‘बाहुबली २’ भन्दा पछाडि भए पनि फिल्मले हिन्दीमा कलेक्शनको हिसाबले प्रभासको फिल्मको कीर्तिमान तोडेको छ । बाहुबलीः २ ले हिन्दीमा ५१०.९९ करोड कमाएको थियो भने पुष्पा २ ले अहिलेसम्म हिन्दीमा ५९१.१ करोड कमाइसकेको छ ।

‘पुष्पा २’ ले शाहरुख खानको हिन्दीमा सबैभन्दा धेरै कमाउने फिल्म जवानको कीर्तिमान पनि तोडेको छ । जवानले ५८२.३१ करोड कमाएको थियो । जुन अहिले ‘पुष्पा २’ भन्दा पछाडि छ ।

पुष्पा २ सन् २०२१ मा रिलिज हुने फिल्म पुष्पा द राइजको अर्को पार्ट हो। यी दुवै फिल्मलाई सुकुमार र अल्लु अर्जुनले निर्देशन गरेका हुन्, दुवै फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल महत्वपूर्ण भूमिकामा छन्। चलचित्रको कथा चन्दन तस्करी गर्ने र यस क्षेत्रको सबैभन्दा शक्तिशाली माफिया बन्ने पात्रको कथा हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार