७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपकसँगको रोमान्टिक तस्बिर शेयर गर्दै दीपाश्रीको पोस्ट: ह्याप्पी भ्यालेन्टाइन्स डे !

२ फाल्गुन २०८१, शुक्रबार १५:४५

काठमाडौँ | आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डेमा प्रेमी-प्रेमिकाले एक-अर्कासँग प्रेमालाप र शुभकामना साटासाट गर्ने गर्दछन् । यसै अवसरमा कलाकार दीपाश्रीले दिपकराजसँगका रोमान्टिक तस्बिर शेयर गर्दै इन्स्टाग्राममा लेखेकी छन्– ह्याप्पी भ्यालेन्टाइन्स डे । यसमा उनले प्रेमको इमोजी पनि प्रयोग गरेकी छन् ।

यसबारे धेरैले दीपाश्रीले दिपकराजसँगको प्रेमसम्बन्ध सार्वजनिक गरेको अनुमान गरेका छन्। तर, दिपक विवाहित हुन्, उनका हुर्किसकेका दुई छोराछोरी छन् र श्रीमतीसँगको सम्बन्ध पनि यथावत छ।

दिपक र दीपाले लामो समयदेखि सहकार्य गर्दै आएका छन्। ‘धनियाँकी दुनियाँ’ रेडियो कार्यक्रमदेखि ‘तितो सत्य’ टेलिश्रृंखला हुँदै फिल्म निर्माणसम्मको यात्रा उनीहरूले सँगै तय गरेका छन्। अहिलेसम्म उनीहरूले ७ वटा चलचित्र बनाइसकेका छन्।

यसअघि, उनीहरूको निकट सम्बन्धबारे धेरै अड्कलहरू भए पनि दुवैले आफूहरू सिर्फ राम्रो साथी भएको बताउँदै आएका थिए। तर, दीपाश्रीको भ्यालेन्टाइन्स पोस्टपछि यो विषय थप चर्चामा आएको छ।

दिपकराजले अहिलेसम्म पोस्टमा कुनै प्रतिक्रिया दिएका छैनन्, न त उनले भ्यालेन्टाइन्स डेका अवसरमा श्रीमतीलाई नै कुनै सार्वजनिक शुभकामना दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या