काठमाडौँ | हालको समयमा भारतमा पुनः फिल्म रिलीज एक नयाँ प्रवृत्तिको रूपमा देखा परेको छ । धेरै वर्ष अघि थिएटरमा रिलिज भएका फिल्मले पनि रि–रिलिजमा आफ्नै पुराना कीर्तिमान तोड्न सफल भएका छन् ।
यसअघि चलचित्र विशेष अवसरमा मात्रै रिलिज हुन्थ्यो । तर, केही समय यता बलिउडमा पनि फिल्म रि–रिलिज गर्ने चलन सुरु भएको छ । यो सूचीमा पुराना देखि नयाँसम्म चलचित्रहरू समावेश रहेका छन् । यसमा हलिउड बलिउडलगायत अन्य भाषाका फिल्महरू पनि समावेश छन् । विशेष कुरा के छ भने पुनः रिलिज भएका चलचित्रले पनि निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् ।
बलिउडमा सर्वकालीन ब्लकबस्टर फिल्म शोलेलाई लिनुहोस् । जब यो फिल्म हलमा रिलिज भयो, दर्शकहरु यसको लागि पागल बनेका थिए । यो फिल्म त्यतिबेला रि–रिलिजमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । पछि सोहम शाहको ‘तुम्बाड’ले यो ठाउँ लियो र लामो समयसम्म बक्स अफिसमा पुनः रिलिज भएका चलचित्रहरूमध्ये सबैभन्दा धेरै कमाउने चलचित्र सावित हुन पुग्यो । तर, अहिले हर्षवर्धन राणेको फिल्म ‘सनम तेरी कसम ’ले यसअघिका फिल्मका रि–रिलिजका सबै रेकर्ड तोडेको छ । चलचित्रले पुनः रिलिजमा उत्कृष्ट प्रदर्शन गर्यो र गरिरहेको छ । जसका कारण अब यो फिल्म देशकै सबैभन्दा धेरै कमाउने रि–रिलिज भएको फिल्म बनेको छ ।
‘सनम तेरी कसम’ को प्रोडक्सन हाउसले यस फिल्मको पोस्टर सेयर गर्दै यो फिल्म अहिले देशमा सबैभन्दा धेरै कमाउने रि–रिलिज हुने फिल्मको सूचीमा पहिलो स्थानमा पुगेको बताएको छ । फिल्मलाई चारैतिरबाट बधाई मिलिरहेको छ । यो चलचित्र अहिले पनि हलमा चलिरहेको छ तर यसको कमाई दैनिक १० लाख रुपैयाँको हाराहारीमा नै कायम रहेको छ ।
खासमा यो फिल्म सन् २०१६ मा आएको थियो । फिल्मले रिलिजको समयमा औसत कमाई गरेको थियो । तर यो फिल्मसँगै हर्षवर्धन राणेको फ्यान फलोइङ बढेको थियो । त्यसपछि जब यो फिल्म फेरि रिलिज भयो, त्यो भन्दा बढी आकर्षण अहिले देखियो । यो फिल्मलाई अहिले पनि दर्शकले धेरै माया दिइरहेका छन् । र, केहि समय भित्रै यो चलचित्र ‘तुम्बाड’ सर्वाधिक कमाउने रेकर्डलाई पछि पार्दै सबैभन्दा धेरै कमाउने पुनः रिलिज भएको चलचित्र सावित भयो । फिल्मको लाइफटाइम कलेक्शनको कुरा गर्दा सकनिल्कको रिपोर्ट अनुसार फिल्मले पुनः रिलिजमा ३३ करोड कमाएको छ । फिल्मको कुल कलेक्सन अहिले ५३ करोड पुगिसकेको छ ।