२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनीता अहुजासँग डिभोर्सबारे यसो भन्छन् गोविन्दा

२०८१, १४ फाल्गुन बुधबार १४:११

काठमाडौँ | बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनीता आहुजाले ३७ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने तयारी गरिरहेको चर्चा छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरू डिभोर्सको प्रक्रियामा छन्।

यस विषयमा प्रतिक्रिया दिँदै गोविन्दाले भनेका छन्, “यो विषय मेरो व्यवसायसँग सम्बन्धित छ। अहिले म मेरो नयाँ फिल्मको तयारीमा व्यस्त छु,” भारतीय सञ्चारमाध्यम दैनिक जागरण लाई उनले बताएका छन्।

तर, सुनीता आहुजाले भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएकी छैनन्। चर्चाहरूअनुसार, ३० वर्षीया एक मराठी अभिनेत्रीसित गोविन्दाको प्रेम सम्बन्ध रहेका कारण उनीहरूको वैवाहिक जीवनमा दरार आएको बताइन्छ।

सुनिता आहुजाले हालै हिन्दी रशसँगको कुराकानीमा आफू र गोविन्दा छुट्टाछुट्टै घरमा बस्ने कुरा खुलासा गरेकी थिइन् । उनले भनेकी थिइन्, “हाम्रो दुई वटा घर छ । म र बच्चाहरू एउटा फ्ल्याटमा बस्छौँ, जबकि गोविन्द अर्को फ्ल्याटमा बस्छन् ।”

सुनिताले गोविन्द आफ्नो बैठकका कारण ढिलो आउने र अरुसँग कुरा गर्न मन पराउने भएकोले त्यहीँ बस्ने कुरा पनि खुलासा गरिन् ।

सुनिता र गोविन्द केही भेटघाटपछि नै दुवै जना एकअर्कासँग प्रेममा परेका थिए । एकदिन पार्टीबाट फर्कने क्रममा गोविन्दको हातले गल्तिले सुनिताको हात छोयो । तर, दुवैले आफ्नो हात हटाएनन् र यसरी दुवैले एकअर्काको प्रेममा सहमति जनाए । केही समय प्रेम सम्बन्धमा रहेपछि गोविन्द र सुनिताले ११ डिसेम्बर १९८७ मा विवाह गरेका थिए ।

नीलम कोठारीसँग विवाह गर्न चाहन्थे गोविन्दा
९० को दशकमा गोविन्द र नीलम कोठारीको अफेयर निकै चर्चामा थियो । दुवै जना धेरै फिल्ममा सँगै देखिएका थिए । तर, एक अन्तर्वार्तामा नीलमले अफेयरको खबर केवल अफवाह मात्र भएको बताएकी थिइन् । यसैबीच गोविन्दाको अन्तर्वार्ता हेडलाइनमा आयो, जसमा उनले नीलमसँगको आफ्नो सम्बन्ध स्वीकार गरेका थिए ।

१९९० मा स्टारडस्ट पत्रिकालाई दिएको एक अन्तर्वार्तामा गोविन्दाले भनेका थिए, “जब म फिल्ममा व्यस्त भएँ, त्यसको असर मेरो र सुनिताको सम्बन्धमा पर्‍यो । सुनिताले असुरक्षित र ईर्ष्यालु महसुस गर्न थालिन् । उनी मलाई दुःख दिन्थिन् र म रिसाउन्थेँ । हामीबीच निरन्तर झगडा हुन्थ्यो । यस्तै एउटा झगडामा सुनिताले नीलमको बारेमा केही भनिन् र म रिसले चुर भएँ । मैले सुनितासँगको सम्बन्ध अन्त्य गरेँ । मैले सुनितालाई मलाई छोड्न भनेँ र उनीसँगको मेरो इन्गेजमेन्ट तोडेँ । झगडा भएको ५ दिनपछि सुनिताले मलाई फोन नगरेको भए, म नीलमसँग विवाह गर्थें ।”

गोविन्दा र सुनीताले सन् १९८७ को डिसेम्बर ११ मा विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह