२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लाज शरणम्’ पाइरेसी गर्ने १५ टिकटक एकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी

२०८१, १५ फाल्गुन बिहीबार १४:५३

काठमाडौँ | फिल्मका दृश्य खिचेर सामाजिक संजालमा पोस्ट गर्ने एकाउन्टविरुद्ध फिल्म ‘लाज शरणम्’ले प्रहरीको साइबर ब्यूरोमा विहिबार उजुरी दिएको छ ।

१५ टिकटक एकाउन्टमा पोस्ट गरिएका फिल्मका दृश्य हटाउन भन्दै निवेदन दिइएको फिल्मको डिजिटल पार्टनर ओएसआरले जनाएको छ । ‘लामा दृश्य हालिएका ५ र छोटा दृश्य पोस्ट गर्ने १० टिकटक एकाउन्टबाट ती भिडियो हटाउन आग्रह गर्दै निवेदन दिएका हौं’ ओएसआरका रुपेन्द्र खड्गीले भने ।

प्रहरीमा दिएको उजुरीमा भनिएको छ, ‘यस चलचित्रका टुक्राहरू सिनेमा घरमा गएका दर्शकले मोबाइल फोन भिडियो क्यामेरामार्फत उक्त सिनेमाको भिडियो खिचि सामाजिक संजालमा पोस्ट गरिरहेको सो काम निरन्तर भइराखेको हुनाले उक्त क्लिपहरू हटाइ आवश्यक कार्वाही गरिपाऊँ भनी विनम्र निवेदन पेश गर्दछु ।’

फिल्मको निर्माता कम्पनी जेपिटी क्रिएसनको तर्फबाट निर्माण नियन्त्रक अनिश लामिछानेले उजुरी दिएका हुन् । साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले यस्तो समस्या फिल्म रिलिजको समयमा बारम्बार हुने गुनासो आउने गरेको बताउँदै आफूहरूले प्रतिलिपि अधिकार उल्लंघनको विषयमा कार्वाही गर्ने बताए ।

फिल्म ‘लाज शरणम्’का कलाकारले फिल्मको फेसबुक एकाउन्टविरुद्ध भिडियो सन्देश जारी गर्दै यस्तो कार्यले निर्मातालाई असर गरेको र तुरुन्त रोक्न समेत भनेका छन् । उनीहरूले कानूनी कार्वाहीको चेतावनी समेत दिएका छन् ।

पछिल्लो समयमा विशेषगरी टिकटक, इन्स्टाग्राम र फेसबुक रिल्सजस्ता प्लाटफर्ममा फिल्मका क्लाइमेक्ससम्मका भिडियो पोस्ट हुने समस्या नेपाली निर्माताले बारम्बार भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह