काठमाडौँ | जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लाज शरणम्’ले एक करोडभन्दा माथिको ओपनिङ गरेको छ । बुधबार रिलिज भएको चलचित्रले एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।
कुमार कट्टेलले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘फेरि रेशम फिलिली’ र ‘मायावी’सँगै रिलिजमा आएको ‘लाज शरणम्’ले तुलनात्मक रूपमा दुईवटाले भन्दा धेरै शो पाएको थियो । चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।