२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समीर भट्ट स्टारर ‘बलिदान’ को पोस्टर सार्वजनिक, फूलपातिको दिन रिलिज हुने

१६ फाल्गुन २०८१, शुक्रबार १६:२१

काठमाडौँ | समिर भट्ट स्टारर बहुप्रतिक्षित चलचित्र ‘बलिदान’ को पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले बलिदानको पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक भएको पोस्टरमा समिरले रक्तपात मच्चाइरहेको देखिन्छ ।

एउटा पोस्टरमा समीर भुईंमा रहेका दर्जनौँ शवमध्ये एउटाका खुट्टमा समाएर घिस्याइरहेका छन् । अर्को पोस्टरमा त्रिशूल र घरेलु हतियार पूरै रक्तपात मच्याइसकेपछि अवस्थामा कालीमाताको अगाडि उभिएका छन् ।

पोस्टर सार्वजनिक गरेसँगै निर्माण पक्षले रिलिज डेटपनि तोकिएको छ । आगामी दशैंको फूलपातिको दिन सो फिल्म रिलिज हुने जानकारी गराएको छ ।

निर्माता सन्तोष सेनले आफूले बलिदान जस्तो चलचित्र निर्माण गर्ने सोच बनाएको र यसका लागि यति ठूलो बलिदानी दिनुपर्छ भन्ने कल्पनासम्म नगरेको बताएका छन् । कथाले सिंगो जननी बोकेको कारणले पनि जीवनभर बगाएको रगत-पसिनामध्ये सबैभन्दा धेरै यस मा बगाएको महसुस भएको सन्तोषको भनाई छ ।

बलिदानबारे सन्तोषको भनाइ यस्तो छ

प्रिय दर्शकवृन्द,

हामी हाम्रो चलचित्र ‘बलिदान’को रिलिज मिति घोषणा गर्ने चरणमा पुग्यौ..।

जब मैले ‘बलिदान’ जस्तो चलचित्र निर्माण गर्ने सोच बनाएको थिएँ, यसका लागि यति ठूलो बलिदानी दिनुपर्छ भन्ने कल्पनासम्म गरेको थिइनँ । कथाले सिंगो जननी बोकेको कारणले पनि जीवनभर बगाएको रगत-पसिनामध्ये सबैभन्दा धेरै यस मा बगाएको महसुस भएको छ ।

यस चलचित्रको मूल आधार यसको कथा नै हो । लेखकहरूसँग बारम्बारको संवादपछि यो कथा केवल एउटा समयको मात्रै नभई हिजो, आज र भोलिको- सबै युगको कथा को पनि महाकथा बन्न पुग्यो । यसले यहाँ मात्र होइन, जहाँसुकै हुने शोषण र शोषित वर्गको यथार्थ चित्रण गर्छ । यही कारण, हामीले निर्माणको कुनै पक्षमा सम्झौता गर्न सकेनौँ । कलाकार छनोटदेखि प्रविधि र प्राविधिक पक्षसम्म, निर्माणदेखि व्यवस्थापनसम्म, गीतसङ्गीतदेखि सम्पादनसम्म- सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्न हाम्रो टिमले अहोरात्र परिश्रम गरिरहेका छौँ ।

हाल ‘बलिदान’को सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट-प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौँ । चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म उद्योगका प्रविधि र सीपको उपयोग गर्दैछौँ, जसका कारण रिलिजमा केही समय लाग्ने देखिएको छ । दशैँको आसपास चलचित्रको सम्पूर्ण काम पूरा हुनेछ ।

दशैँको फूलपातीका दिन कालीमातालाई यो जगतलाई दुःख दिने दानवरुपीको नाममा बली चढाउने परम्परा रहिआएको छ । संयोगवश,’बलिदान’को कथामा कालीमाताका अगाडि दानवी प्रवृत्तिका शोषकहरूको बलि दिने भावना समेटिएको छ । यही सन्दर्भलाई आत्मसात् गर्दै, ‘बलिदान’ २०८२ सालको फूलपाती (असोज १३) मा रिलिज गर्ने निर्णय गरेका छौँ ।

हामीले एक वर्षअघि सार्वजनिक गरेको ‘फर्स्ट ल्यान्डिङ’ प्री-टिजरमा २०८१ सालको फूलपातीलाई रिलिज मिति घोषणा गरेका थियौँ । यो चलचित्र एउटा दस्तावेज बनोस् भनेर अझ बलियो रूपमा प्रस्तुत गर्न, हामीले एक अतिरिक्त वर्ष लिएका हौँ ।

‘बलिदान’ निर्माणमा बगाएको रगतपसिना चलचित्र प्रेमी आदरणीय दर्शकहरूका लागि उत्कृष्ट चलचित्र पस्किने उद्देश्यले नै हो । अबको यात्रा तपाईंहरूको साथ र सहयोगबिना अपूर्ण रहनेछ । त्यसैले, हामी तपाईंहरूको गाउँ, टोल, बस्ती, घर—जहाँजहाँ आम दर्शक त्याहा त्याहा बिकुल फुक्न, आउनेछौँ । रिलिज मिति घोषणासँगै, ‘बलिदान’को सानो लुक पोस्टर सार्वजनिक गरेका छौँ । चाँडै नै भिडियो कोशेली मार्फत आउँदैछौँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान