१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकमा भाइरल राधा बादी सुतिरहेको अवस्थामा मृत फेला

१८ फाल्गुन २०८१, आईतवार १७:०४

काठमाडौँ | मादल बजाउँदै “नशा नशामा रगत रगतमा…” लगायतका गीत गाएर टिकटकमा भाइरल भएकी राधा बादीको मृत्यु भएको छ ।

श्रीमान जोग्गिरे बादीसँगै सुदूरपश्चिमका विभिन्न ठाउँमा गीत गाउन हिँड्ने राधा आइतबार बिहान सुतिरहेको अवस्थामा नै मृत फेला परेको कालिकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले बताए ।

चौधरीका अनुसार बादी कालीकोटको पताला गाउँपालिका वडा नं ७ मा सुतिरहेको अवस्थामा नै मृत फेला परेकी हुन् । उनले भने, “उहाँहरू गीत गाउँदै पैसा माग्दै हिँड्नु हुने रहेछ । जहाँ रात पर्‍यो उतै सुत्ने गर्नु हुन्थ्यो । यता दुई तीन दिन लगातार पानी पनि परेको थियो ।”

घटनास्थलका स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक चौधरीले भने, “श्रीमान श्रीमतीले धेरै नै मदिरा सेवन गर्नु हुन्थ्यो । त्यही कारणले श्रीमतीको मृत्यु भएको हुनसक्छ ।” बादीको शव पोस्टमार्टमका लागि लैजान घटना स्थलमा आफू पुगेको भन्दै उनले त्यसको रिपोर्ट आएपछि मृत्युको कारण यकिन हुने जानकारी दिए । उनले भने, “श्रीमान श्रीमती नै राति रक्सि खाएर सँगै सुत्नुभएको रहेछ । राति अरू कुनै व्यक्ति आएको जस्तो देखिएको छैन ।”

हालसम्म बादी दम्पतीको परिवारका अन्य सदस्यको खोजी भइरहेको तर कोही पनि पत्ता नलागेको उनले बताए । पछिल्लो हप्तामा टिकटकमा बादी जोडिलाई धेरैले रुचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने