२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विक्की कौशलको ‘छावा’ ले तोड्यो ‘पुष्पा २’ को रेकर्ड

२०८१, १८ फाल्गुन आईतवार १८:११

काठमाडौँ | बलिउड अभिनेता विक्की कौशल अभिनीत फिल्म ‘छावा’ ले भारतीय बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफ का अनुसार, फिल्मले १६ दिनमा ४३३ करोड ५० लाख भारू कमाइसकेको छ। यससँगै ‘छावा’ ले ‘पुष्पा २’ को रेकर्ड तोडेको छ। ‘पुष्पा २’ ले तमिल, तेलुगु, कन्नड, र मलयालम भाषाहरूमा १६ दिनमा ४२१ करोड ९६ लाख भारू कमाएको थियो।

फिल्म १३० करोड भारू बजेटमा निर्माण भएको हो, जसले यसको ब्यापारिक सफलतालाई झन् उल्लेखनीय बनाएको छ।

लक्ष्मण उतेकर निर्देशित यो फिल्ममा विक्की कौशलसँगै रश्मिका मन्दाना, अक्षय खन्ना, आशुतोष राणा, दिव्या दत्ता लगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ।

यो फिल्ममा निर्देशक लक्ष्मण उतेकर र अभिनेता विक्की कौशल को दोस्रो सहकार्य हो। यसअघि उनीहरूले सन् २०२३ मा रिलिज भएको फिल्म ‘जरा हटके जरा बचके’ मा एकसाथ काम गरेका थिए। लक्ष्मण उतेकरले यसअघि ‘मिमी’ र ‘लुका छुपी’ जस्ता लोकप्रिय फिल्महरू निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह