३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएस बंगलाको विमान दुर्घटना सम्बन्धी दुई गीत बजारमा

३ चैत्र २०७४, शनिबार १३:१४

चैत्र, काठमाडौँ । त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भ भएको बंगलादेशी विमान दुर्घटना सम्बन्धि गीत सार्वजनिक भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झानामा दुई गीत तयार भएको हुन् । 

सर्व सम्मान म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीत शनिबार काठमाडौँका संवाद डबलीमा विमोचन गरिएको हो । युएस बंगला एयरलाइन्सको विमान कसरी दुर्घटना भयो, घटनापछि परिवारमा परेको पीडा गीतमा समेटिएका छन् । 

नेपाल लोकदोहोरी प्रतिस्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा, चर्चित गायक जीवन परियारलगायतका कलाकारहरुले गीतको विमोचन गरेका गिए । 

कार्यक्रममा बोल्दै शर्माले गीतमाध्येमबाट दुर्घटनामा सबैको ध्यान तान्ने काम भएको बताए । उनले दुःख र सुखहरुलाई गीतमा समेट्नु कलाकारहरुको कर्तव्य बताउँदै सर्वसम्मानले आफ्नो कर्तव्य पूरा गरेको बताए । 

त्यसैगरी गायक जीवन परियार, एसियन लाइफ इन्सोरेन्सका तीन नम्बर प्रदेशका इन्चार्ज लोकराज जैसी, इन्जिनियर रमेश शिवशंकरलगायतले पीडित परिवारले भन्न नसकेका कुरा गीतमा समेटेको बताउँदै पीडा भुल्न केही सहयोग गर्ने धारणा राखेका थिए । 


विमान दुर्घटनासम्बन्धी दुई गीत एकै पटक विमोचन गरिएका थिए । पहिलो गीतमा कृष्ण लामिछानेको स्वर र लय छ भने देव बटालाको शब्द हो । त्यसैगरी दोस्रो गीतमा जगत बिसीले स्वर दिएका छन् भने प्रेम दैलेखीको शब्द रहेको गीतमा प्रेम जगतको लय रहेका छ । 

गीतको मिक्सिङ मार्मिक रेकर्डिङ प्रबन्धक मानबहादुर बलामीमगरले गरेका हुन् भने संगीत रोकश सोनी र महेश पाण्डेयले दिएका छन् । 

दुबै गीतको भिडियो पनि तयार भएको सर्व सम्मान म्युजिक प्रा.लि.का प्रबन्धक निर्देशक प्रकाश क्षेत्रीले कार्यक्रममा जानकारी दिए । भिडियोमा प्रकाश क्षेत्री, ललिजन बोगटी, हिना, पुजालगायतका कलाकारहरुले अभियन गरेका छन् । प्रकाश क्षेत्रीको निर्देशन रहेका भिडियोको सम्पादन अनिल रानाले गरेका छन् भने छायांकन विरेन्द्र भट्टले गरेका छन् । 

कार्यक्रममा दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सम्झानामा फोटोमा लामा र दीप प्रज्वलन समेत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ