१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारकर्मी गीता अधिकारीको नयाँ तीज गीत बजारमा

६ श्रावण २०७६, सोमबार १२:३०

साउन ६, काठमाडौँ । सञ्चारकर्मी गीता अधिकारीको दोस्रो गीति क्यासेट ‘तीजमै व्रत बसी…’ आजदेखि बजारमा आएको छ । मिलाप मासिक खबर पत्रिकाको प्रस्तुति रहेको उक्त क्यासेटमा हिन्दू नारीको शिव शक्तिप्रतिको प्रभाव, बाबाले किनिदिएको फरिया र आमाले पकाएको दर खाएर बस्ने व्रतको संस्कृतिले घर–माइतीको सम्बन्धलाई निकट बनाउने सन्देश दर्शाइएको छ । 

पछिल्लो समय तीज पर्वका नाममा विभिन्न स्थानमा हुने जमघट तथा त्यहाँ प्रयोग हुने मदिरा, मासुुजस्ता विषयवस्तुले निम्ताएको विकृतिले तीजका महत्व घट्दै गएको विषयलाई समेटिएको छ । आज आयोजित कार्यक्रममा गीतकार डिआर उपाध्यायले परम्परादेखि चल्दै आएको तीजले सामाजिक विकृति तथा महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान गरेको विचार व्यक्त गर्नुुभयो । 

वरिष्ठ सङ्गीतकार राजु सिंहले मानव सभ्यतालाई सुसंस्कृत बनाउन तीजलाई संस्कृतिका पर्वका रुपमा विकास गरिएको बताउनुुभयो । गीतकार अधिकारीले माइतीसँग मिलन हुने सांस्कृतिक पर्व तीजले विविधतामा एकता थप्ने बताउँदै महिला समुदायले स्थानीय माटोको स्मरण गर्ने हुँदा चेलीको बालापनलाई महत्व दिएर उक्त गीत रचना गरिएको बताउनुभयो । 

उहाँ चलचित्र पत्रकार सङ्घको उपाध्यक्षसमेत हुनुहुन्छ । यसअघि अधिकारीले ‘यतै घमाइलो उतै घमाइलो’ गीति क्यासेट प्रकाशन गर्नुभएको थियो । मिलाप मासिक खबर पत्रिकाका प्रकाशक कृष्ण भुसालले गाउँले जनजीवनमा नारीका व्यथा, पीडालाई तीजका गीतमार्फत बाहिर ल्याउने प्रचलन रहेको बताउँदै गाउँघरमा प्रयोग हुने मौलिक भाषा तथा वेशभूषा संस्कृतिलाई क्यासेटमा सङ्ग्रह गरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का