स्पेन । युवा पुस्ताको मनमा बस्न सफल गायक तुलसी सिवाकोटीले सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्पेन । युवा पुस्ताको मनमा बस्न सफल गायक तुलसी सिवाकोटीले सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर र"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

तुलसी सिवाकोटीको चर्चित गीत ‘गर्नुगर्यो कलियुगको इन्टरनेटले’ भिडियो बजारमा

५ श्रावण २०७३, बुधबार १६:००

स्पेन । युवा पुस्ताको मनमा बस्न सफल गायक तुलसी सिवाकोटीले सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर रोमान्चक शैलीको म्युजिक भिडियो बजारमा ल्याएका छन । फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु समावेश गरिएको ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले’ रिलिजको केही समयमा नै श्रोताको मन जित्न सफल भएको थियो भने गीतको म्सुजिक भिडियो निर्माणपछि सांगितिक बजारमा यसको चर्चा अझ चुलिने विश्वास गरिएको छ ।
गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन । विशेषगरि प्रवासका श्रोताहरुले अत्याधिक रुचाएका गायक सिवाकोटीको यसअघि ‘नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका गीतहरु श्रोताहरुमाझ लोकप्रिय भैसकेका छन ।
युरोपका विभिन्न मुलुकहरुमा सांगितिक प्रस्तुति दिइसकेका गायक शिवाकोटीले ‘ गर्नुगर्यो कलियुगको इन्टरनेटले ‘ बोलको यस गीतमा युवाहरुको भावनालाई मिठो शैलीमा पस्कने कोशिस गरेका छन । रोजी लाबुङको शव्द र नीरज श्रेष्ठको संगीत रहेको यो गीत गायक सिवाकोटीको सांगितिक एल्वम ‘मुहार’ मा समावेश गरिएको गीत हो । स्पेनको विल्बाओ शहरमा छायांकन गरिएको यस म्युजिक भिडियोमा रोशन लम्साल र रोशनी चालिसे र सागर ले अभिनय गरेका छन । मालति पन्तको कन्सेप्टमा गंगाराम सापकोटाले निर्देशन गर्नुभएको यो म्युजिक भिडियो उमआरन क्रिय़शनको व्यानरमा निर्माण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार