प्रणय गजलकारका रुपमा चर्चा कमाएका प्रकट पंगेनी ‘शिव’ केहि वर्षको अन्तरालमा एकाएक मण्डला नाटकघरमा प्रकट भए । रेडियो अडियो र फर्सी नेट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रणय गजलकारका रुपमा चर्चा कमाएका प्रकट पंगेनी ‘शिव’ केहि वर्षको अन्तरालमा एकाएक मण्डला नाटकघरमा प्रकट भए । रेडियो अडियो र फर्सी नेट"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

प्रकट पंगेनीले अन्नाको प्रशंसा गर्दै गरे यस्तो खुलासा (भिडियोसहित)

७ श्रावण २०७३, शुक्रबार १५:४२

प्रणय गजलकारका रुपमा चर्चा कमाएका प्रकट पंगेनी ‘शिव’ केहि वर्षको अन्तरालमा एकाएक मण्डला नाटकघरमा प्रकट भए । रेडियो अडियो र फर्सी नेटवर्कले प्रकटलाई निम्त्याएर रोमान्टिक गजल साँझ गरेको हो । गजल साँझमा उनले पटक पटक अन्नाको चर्चा गरे । उनले वाचन गरेका अधिकाँस गजलमा अन्नालाई सम्बोधन गरिनुका साथै उत्तिकै प्रशंसा गरे । खासमा को हुन् त अन्ना ?उनी भन्छन्, “अन्ना मेरीे प्रेमिका हुन् ।

 कुरो पोखराको लुम्लेमा कृषि केन्द्रमा काम गर्दाको हो । मलाई मन पर्ने समय साझँको बेला झमझम झरी परिरहेको समयमा एक युवती आइन् । उनलाई मैले पहिलो भेटमै असाध्यै मनपराएँ । उनले पनि मलाई मनपराइन् । तर, मैले उनीसंग भावानात्मक सम्बन्ध बाहेक केही राखिन । उनको वास्तविक नाम अर्कै हो तर म उनलाई अन्ना भन्छु” आफ्नो प्रेमकथा उत्सुकताका साथ सुनाए । उनी फेरि थप्छन, “तपाईले सोध्नुहोला किन विहे नगरेको भनेर । किनकी मैले इन्दु संग मागी विवाह गरी सकेको थिएँ नि त ।” त्यसो भए किन उनैको नाममा यत्रो सिर्जना? इन्दु भाउजुको नाममा चाहिं खोइ त ? भन्ने प्रश्नमा हाँस्दै प्रकट थप्छन, “ऊ प्रति प्रेमकै तिर्खा लागिरहँदो रहेछ ।

हेर्नुस प्रकट पंगेनीको गजल वाचन कार्यक्रमको भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला