२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रिन्सको नयाँ गीत : सडकबत्ती हेरिहेरी पाइला उचालौँ…

२०७७, २१ आश्विन बुधबार ११:२२

असोज २१, काठमाडौँ (रासस) । बालगायक प्रिन्स सिलवालको नयाँ गीत ‘सडक बत्ती हेरिहेरी पाइला उचालौँ’ को आज काठमाडौँका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको छ । ट्राफिक सचेतनाको विषयमा केन्द्रित उहाँको पाँचौँ प्रस्तुति रहेको उक्त गीत काठमाडौँको माइतीघर, बानेश्वर, शङ्खमूल, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको हो । 


गीतमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालकोसमेत सन्देशमूलक अभिनय रहने जनाइएको छ । पोखरेलले नागरिकलाई ट्राफिक सन्देश प्रवाह गर्न श्रव्यदृष्यसहितको गीत उपयुक्त माध्यम भएको बताउनुभयो । महाशाखा प्रमुख ढकालले ट्राफिक सचेतना जागृत गराउन उक्त गीत सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । ट्राफिक सन्देशलाई गीतमार्फत यसरी प्रस्तुत गरिएको छ ।

सडक बत्ती हेरिहेरी पाइला उचालौँ 

परिएला दुर्घटना जीवन नफालौँ 

गीतका निर्देशक रमेश पाठकले मुख्यगरी ट्राफिक नियम पालना गरी सवारी चलाउन र बाटोघाटो काट्न गीतमार्फत अनुरोध गरिएको जानकारी दिनुभयो । गीतमा जेब्राक्रसिङबाट उपयुक्त समयमा बाटो काट्न, मापसे गरेर गाडी नचलाउन, ट्राफिक बत्ती हेरेर बाटो काट्न र गाडी चलाउन तथा सकेसम्म आकासेपुलबाट हिँड्न अनुरोध गरिएको छ । गीतमा नागरिकले ट्राफिक प्रहरीलाई आफ्नै साथी र सहयोगीका रुपमा हेर्नुपर्नेमा जोड दिइएको छ ।


बनेका छन् आकासे पुल हेर बाटामाथि 

सहयोगी हुनुपर्छ ट्राफिक हाम्रो साथी

छायाङ्कन र उत्पादनको काम सकेर दशैँअघि नै गीत सार्वजनिक गर्ने तयारी भएको प्रिन्सका बुबा रमेश सिलवालले जानकारी दिनुभयो । प्रेम घिमिरेको सङ्गीत र नवीनबाबु गुरुङको छायाङ्कन रहेको गीतमा गायक सिलवालसहित बाल कलाकार आर्यान पौडेल, संहिता सिलवाल, उत्कृष्टा थपलिया, सम्पन्न सिलवाल, मिराज ढकाल, पार्शव भट्ट, युमिसा लामिछाने र शशि गुरुङकोसमेत अभिनय छ । अतिथि कलाकारमा प्रहरी निरीक्षक दामोदर भट्ट, कृष्ण रसाल र नवीना केसी, सरिता भुजेल हुनुहुन्छ ।

गत वर्ष दशैँका अवसरमा गायक सिलवालले अभिनेता सरोज खनालको अभिनय रहेको श्रव्यदृष्यसहितको गीत (म्युजिक भिडियो) ‘बाबा’ बजारमा ल्याउनुभएको थियो । त्यसअघि उहाँले ‘माया लाग्छ नेपालको’, ‘दशैँ मनाउने हो’, ‘न मानामा नापिन्छ माया’ बोलको गीत बजारमा ल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह