१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रिन्सको नयाँ गीत : सडकबत्ती हेरिहेरी पाइला उचालौँ…

२१ आश्विन २०७७, बुधबार ११:२२

असोज २१, काठमाडौँ (रासस) । बालगायक प्रिन्स सिलवालको नयाँ गीत ‘सडक बत्ती हेरिहेरी पाइला उचालौँ’ को आज काठमाडौँका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको छ । ट्राफिक सचेतनाको विषयमा केन्द्रित उहाँको पाँचौँ प्रस्तुति रहेको उक्त गीत काठमाडौँको माइतीघर, बानेश्वर, शङ्खमूल, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको हो । 


गीतमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालकोसमेत सन्देशमूलक अभिनय रहने जनाइएको छ । पोखरेलले नागरिकलाई ट्राफिक सन्देश प्रवाह गर्न श्रव्यदृष्यसहितको गीत उपयुक्त माध्यम भएको बताउनुभयो । महाशाखा प्रमुख ढकालले ट्राफिक सचेतना जागृत गराउन उक्त गीत सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । ट्राफिक सन्देशलाई गीतमार्फत यसरी प्रस्तुत गरिएको छ ।

सडक बत्ती हेरिहेरी पाइला उचालौँ 

परिएला दुर्घटना जीवन नफालौँ 

गीतका निर्देशक रमेश पाठकले मुख्यगरी ट्राफिक नियम पालना गरी सवारी चलाउन र बाटोघाटो काट्न गीतमार्फत अनुरोध गरिएको जानकारी दिनुभयो । गीतमा जेब्राक्रसिङबाट उपयुक्त समयमा बाटो काट्न, मापसे गरेर गाडी नचलाउन, ट्राफिक बत्ती हेरेर बाटो काट्न र गाडी चलाउन तथा सकेसम्म आकासेपुलबाट हिँड्न अनुरोध गरिएको छ । गीतमा नागरिकले ट्राफिक प्रहरीलाई आफ्नै साथी र सहयोगीका रुपमा हेर्नुपर्नेमा जोड दिइएको छ ।


बनेका छन् आकासे पुल हेर बाटामाथि 

सहयोगी हुनुपर्छ ट्राफिक हाम्रो साथी

छायाङ्कन र उत्पादनको काम सकेर दशैँअघि नै गीत सार्वजनिक गर्ने तयारी भएको प्रिन्सका बुबा रमेश सिलवालले जानकारी दिनुभयो । प्रेम घिमिरेको सङ्गीत र नवीनबाबु गुरुङको छायाङ्कन रहेको गीतमा गायक सिलवालसहित बाल कलाकार आर्यान पौडेल, संहिता सिलवाल, उत्कृष्टा थपलिया, सम्पन्न सिलवाल, मिराज ढकाल, पार्शव भट्ट, युमिसा लामिछाने र शशि गुरुङकोसमेत अभिनय छ । अतिथि कलाकारमा प्रहरी निरीक्षक दामोदर भट्ट, कृष्ण रसाल र नवीना केसी, सरिता भुजेल हुनुहुन्छ ।

गत वर्ष दशैँका अवसरमा गायक सिलवालले अभिनेता सरोज खनालको अभिनय रहेको श्रव्यदृष्यसहितको गीत (म्युजिक भिडियो) ‘बाबा’ बजारमा ल्याउनुभएको थियो । त्यसअघि उहाँले ‘माया लाग्छ नेपालको’, ‘दशैँ मनाउने हो’, ‘न मानामा नापिन्छ माया’ बोलको गीत बजारमा ल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का