२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साम्राज्ञी पनि अब व्यावसायिक म्युजिक भिडियोमा

२०७८, २१ आश्विन बिहीबार ०७:२२

असोज २१ , काठमाडाैँ,न्युज कारखाना। एक्ट्रेस साम्राज्ञी आरएल शाह अभिनित म्युजिक भिडियो सार्वजानिक भएको छ । नेपाली फिल्ममा समेत कमै देखिने साम्राज्ञीले भिडियोमा तेस्रो पटक अभिनय गरेकी हुन् ।  नट्टु शाहको गीत र आफ्नै आमा नेहा शाहको गीतको भिडियोमा देखापरेकी साम्राज्ञीले भिडियोकै लागि महँगो पारिश्रमिकसमेत लिएकी छिन् । डान्सिङ ट्रयाक ‘माया पिरेम’ मा अभिनय गरेबापत उनले करिब पाँच लाख रुपैयाँ लिएको चर्चा छ । यो उनको पहिलो व्यावसायिक म्युजिक भिडियो हो । उनी टिमको क्रिएसनले आफूलाई तान्ने गरेको बताउँछिन् । 

ट्री इन्टरटेनमेन्टको निर्माण रहेको उक्त भिडिओमा साम्राज्ञीसहित एलिसा शर्मा, डेलविस र राजको समेत अभिनय छ । यो डान्सिङ ट्रयाकमा विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् ।  

शंकर स्माइलको संगीत, डीपी खनालको शब्द रहेको गीतलाई भिडिओ निर्देशन माइकल चन्दले गरेका छन् । दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेको भिडिओलाई ट्री इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा