२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजबाट खुले हल, नयाँ चलचित्र अर्को साता

२०७८, २१ आश्विन बिहीबार ०९:३२

असोज २१ ,काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरपछि बन्द रहेका मुलुकभरका सिनेमा हलहरू बिहीबारदेखि खुलेका छन् ।

काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्समा मध्यान्ह १२ बजेदेखि चलचित्र प्रदर्शन सुरु भएको हो । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले दिउँसो १२ बजेदेखि आफ्ना देशभरका आउटलेटमा हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं शृंखला र नोबडी प्रदर्शन गरेको छ ।

कोरोना संक्रमण घटेपछि जिल्ला प्रशासन कार्यालयले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हलहरू खुलाउन अनुमति दिएपछि चलचित्र संघले हल खुल्ने जानकारी गत मंगलबार राजधानीमा एक कार्यक्रमबीच दिएको थियो । यद्यपि नयाँ चलचित्र भने दर्शकले हेर्न पाउने छैनन् । फास्ट एन्ड फ्युरियसलाई दर्शकले डिजिटल प्लेटफर्ममै हेरिसकेका छन् । त्यसैले गर्दा पहिलो दिन हलमा दर्शकहरुको उपस्थिति कम नै छ । त्यसो त दसैं अगाडिको समयमा सिनेमा हलमा दर्शक तान्ने फिल्म नभएसम्म भिडभाड कम नै रहने गर्छ ।

वितरकमध्येका एक कारण श्रेष्ठले दसैं अगाडिको समय किनमेल गर्ने भएकोले पनि गर्दा दर्शकको भिडभाड कमनै हुने बताए । यद्यपि आउँदो साताबाट उनले दर्शक हलमा आउने विश्वास व्यक्त गरे ।

२६ असोजमा नेपाली चलचित्र डाँडाको वरपीपल र २८ असोजमा जेम्स बन्ड सिरिजको नयाँ फिल्म नो टाइम टु डाइ रिलिज हुँदैछन् । संक्रमण रोक्न कोभिड प्रोटोकल पालना गर्दै हल खुलाइएको र त्यसको कडा रूपमा पालना गर्ने चलचित्र संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा