१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड फिल्म ‘उचाइ’को सुटिङ टोली लुक्लामा

२१ आश्विन २०७८, बिहीबार ०९:३५

असोज २१ , काठमाडौँ, न्युज कारखाना । बलिउडका स्थापित निर्देशक सुरज बडजत्याले निर्देशन गर्ने फिल्म ’उचाइ’को छायांकनका लागि युनिट हिमालतर्फ लागेको छ । आइतबार काठमाडाैं आइपुगेको टोलीले दुई दिनसम्म उपत्यकाका विभिन्न स्थानमा छायांकन गरेको थियो । स्वयम्भू, एअरपोर्टसँगै युनिट बसिरहेको हायात होटलमा छायांकन सकेर युनिट हिमाली भेगमा पुगेको हो । 

युनिट बुधवार नै लुक्ला प्रस्थान गर्ने तालिका रहे पनि मौसममा आएको खराबीको कारणले गर्दा बिहीबार मात्र उडान सम्भव भएको हो । फिल्मका मुख्य कलाकार अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीसहित दुई सय ५० जनाको टोली फिल्म छायांकनका लागि हिमाली भेगमा करिब एक महिना बिताउने छ । 

नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्य छन् । सुरजले राजश्री फिल्म्सले नेपालमा छायांकन सकेसंगै बलिउडबाट अन्य धेरै सिनेमा छायांकनको लागि आउने आचार्यको विश्वास छ । फिल्मको लागि नेपालका प्रोडक्सन म्यानेजर छन्, अरुण रेग्मी । रेग्मीका अनुसार यसको छायांकन मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायतका हिमाली भेगमा हुनेछ । फिल्ममा अमिताभ बच्चन र डेनी डेन्जोङ्पाको पनि मुख्य भूमिका रहनेछ । चारजनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ ।

‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘प्रेम रतन धन पायो’ जस्ता  सफल फिल्मका निर्देशक बडजत्याको यो फिल्ममा केही नेपाली कलाकारहरू पनि जोडिएका छन् । ‘उचाइ’मा एक दर्जनभन्दा बढी व्यावसायिक नेपाली कलाकार, प्राविधक र भरियासहित केही स्थानीय पनि जोडिएको बताइएको छ ।

नेपाली कलाकारहरू परिमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, किस नन्दु सिंह (सिद्धार्थ), आरोन गुरुङलगायत कलाकार फिल्ममा देखिनेछन् । यद्यपि उनिहरूको भूमिका कस्तो हुने भन्ने विषयमा खुलाइएको छैन । नेपाली कलाकारको कास्टिङ छनोटको काम सिर्जना सूत्रले गरेको हो। 

‘फिल्ममा नेपाली कलाकारहरूले स्थानीयको भूमिका निर्वाह गर्नु हुनेछ’ फिल्मसंग जोडिएका एक सदस्यले भने । उचाइको छायांकन नेपालका पहाडी तथा हिमाली भेगका लुक्ला, नाम्चे, मनाङलगायत काठमाडौं र भारतको मुम्बईमा हुनेछ । छायांकनका लागि भारतबाट एक सय ८० जनाभन्दा बढी क्रु मेम्बर नेपाल आएका छन् । फिल्मको छायांकन शुक्रबारदेखि हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव