१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाशको फिल्ममा अजयको सम्भावना ?

२३ आश्विन २०७८, शनिबार ११:५३

असोज २३, काठमाडौँ, (एजेन्सी) | अजय देवगन पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त छन् । सिंघम स्टारर अभिनेता यतिबेला विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । यसैबीच उनले आफ्नो पुराना साथी तथा निर्देशक प्रकाश झासँग हात मिलाएको खबर बाहिरिएको छ । बि-टाउनमा चर्चामा आएको खबरले यी दुईको सम्बन्ध सुधारको संकेतसमेत गरेको छ । केही समययता यी दुईको राम्रो सम्बन्ध थिएन । खासगरी प्रकाशले गंगाजलको सिक्वेल बनाउँदा अजयलाई अभिनय गराउन खोजेका थिए तर अजयले कथा चित्त नबुझेको भन्दै अस्विकार गरेपछि यी दुईको सम्बन्ध चिसिएको थियो । तर, यतिबेला भने यी दुई एक सोसल ड्रामा बनाउने सल्लाह गरिरहेका छन् ।

बुझिएअनुसार प्रकाश झासँग उक्त फिल्ममा अजय पनि निर्माता हुने चर्चा छ । अजयको अभिनय तथा प्रकाशको निर्देशन रहेको फिल्म दिल क्या करे, गंगाजल, अपहरण, राजनीति, आरक्षण र सत्याग्रहजस्ता फिल्मलाई दर्शकले रुचाएका थिए । पछिल्लो समय अजय अघिल्ला फिल्मझैँ कथा राम्रो हुनुपर्नेमा जोड दिइरहेका छन् । 

यद्यपि पछिल्लो समय निर्देशक झा आफ्नो सिरिज 'आश्रम' को नयाँ शृंखला ल्याउने तयारीमा छन् । बबी देओलको प्रमुख भूमिका रहेको सिरिजको छायांकन यतिबेला मुम्बईमा भइरहेको छ । यसपछि उनले 'जनादेश' नामक फिल्म निर्देशन गर्ने तयारी गरेका छन् । केही समयअघि नेपालमा एक फिल्म फेस्टिभलमा सहभागी हुन् आएका निर्देशक झाले आफू 'जनादेश' नामक फिल्मको स्क्रिप्टमा काम गरिरहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव