२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाशको फिल्ममा अजयको सम्भावना ?

२०७८, २३ आश्विन शनिबार ११:५३

असोज २३, काठमाडौँ, (एजेन्सी) | अजय देवगन पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त छन् । सिंघम स्टारर अभिनेता यतिबेला विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । यसैबीच उनले आफ्नो पुराना साथी तथा निर्देशक प्रकाश झासँग हात मिलाएको खबर बाहिरिएको छ । बि-टाउनमा चर्चामा आएको खबरले यी दुईको सम्बन्ध सुधारको संकेतसमेत गरेको छ । केही समययता यी दुईको राम्रो सम्बन्ध थिएन । खासगरी प्रकाशले गंगाजलको सिक्वेल बनाउँदा अजयलाई अभिनय गराउन खोजेका थिए तर अजयले कथा चित्त नबुझेको भन्दै अस्विकार गरेपछि यी दुईको सम्बन्ध चिसिएको थियो । तर, यतिबेला भने यी दुई एक सोसल ड्रामा बनाउने सल्लाह गरिरहेका छन् ।

बुझिएअनुसार प्रकाश झासँग उक्त फिल्ममा अजय पनि निर्माता हुने चर्चा छ । अजयको अभिनय तथा प्रकाशको निर्देशन रहेको फिल्म दिल क्या करे, गंगाजल, अपहरण, राजनीति, आरक्षण र सत्याग्रहजस्ता फिल्मलाई दर्शकले रुचाएका थिए । पछिल्लो समय अजय अघिल्ला फिल्मझैँ कथा राम्रो हुनुपर्नेमा जोड दिइरहेका छन् । 

यद्यपि पछिल्लो समय निर्देशक झा आफ्नो सिरिज 'आश्रम' को नयाँ शृंखला ल्याउने तयारीमा छन् । बबी देओलको प्रमुख भूमिका रहेको सिरिजको छायांकन यतिबेला मुम्बईमा भइरहेको छ । यसपछि उनले 'जनादेश' नामक फिल्म निर्देशन गर्ने तयारी गरेका छन् । केही समयअघि नेपालमा एक फिल्म फेस्टिभलमा सहभागी हुन् आएका निर्देशक झाले आफू 'जनादेश' नामक फिल्मको स्क्रिप्टमा काम गरिरहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा