१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेश हमालका फ्यानसँग सलोन बस्नेतले मागे माफी

२४ आश्विन २०७८, आईतवार ०७:४९

असोज २४, काठमाडौँ, न्युज कारखाना | बेलाबखतमा राजेश हमाललाई लिएर विवाद बढ्ने गरेका छन् । 'महानायक' उनलाई मान्ने कि नमान्ने भन्ने विषयमा विवाद हुने गरेको छ ।

गत वर्ष निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेशको विषयमा टिप्पणी गरेपछि उनले माफी नै माग्नु पर्‍याे । हमालका फ्यानले उनलाई सामाजिक सञ्जालमार्फत धम्की दिन थालेपछि दीपाश्रीसँग अन्य विकल्प नै रहेन । यस्तै भएको छ पछिल्लो समय पनि अभिनेता सलोन बस्नेतलाई ।

बालकलाकार हुँदै आफ्नो फिल्मी यात्रामा रहेका सलोनले आइतबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै राजेश हमालका फ्यानसँग माफी मागेका छन् । उनले हमाललाई महानायक नमान्नु सचेत मनको निर्णय नभएको भन्दै आफूलाई माफी दिन दर्शकसँग आग्रह गरेका छन् । 

केही समययता उनको फिल्मलाई दर्शकहरूले बहिष्कार गर्ने घोषणा गर्दै आएका छन् । फलत: उनको फिल्मको सार्वजनिक गीत र ट्रेलरमा नकारात्मक कमेन्ट धेरै छन् भने लाइकको तुलनामा डिसलाइक बढी । किनकि केही दिनअघि सलोनले आफूले खेलेको फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक कार्यक्रममा महानायकको परिभाषा थाहा नभएको प्रतिक्रिया दिएका थिए । योभन्दा अघि भने यही फिल्मको गीत सार्वजनिक कार्यक्रममा अभिनेता भुवन केसी र शिव श्रेष्ठले एक अर्कालाई महानायक र गौरी मल्ललाई महानायिका भनेपछि राजेश हमालका फ्यान भड्किएका थिए ।

सलोनले राजेश हमालका फ्यानबाट निरन्तर साइबर बुलिङ भएको भन्दै माफी माग्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

यस्ताे छ सलाेनकाे भनाइ

माफ गरिदिनुस् नेपाली जनता, समय विडम्बनाको थियो । म अल्मलिएका थिएँ र बुझ्न सकिनँ । मेरो हुर्काइ यही ठाउँमा भयो । म तिनै इतिहासका मायामा बढ्दै गएँ । म बुझ्न सक्ने हुनुभन्दा अगाडि नै एक महान व्यक्तिले ‘नेपालीबाबु’ नामक सिनेमामार्फत सिनेमा संसार बुझाइ दिनुभयो । ‘कर्म’ नामक सिनेमामा काम गर्दा आफ्नो बुवा हुँदाहुँदै अर्का महान हस्तीका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाका लागि गरिने त्याग र यसको महत्व बुझाए । जीवनमा सबैभन्दा बढी सिनेमा (कर्णवीर, ठूले, आशीर्वाद, हामी तीन भाइ, अनमोल आदि), सिनेमा जगतकै सबैभन्दा सफल अग्रज व्यक्तिसँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका सिप सिक्न पाएँ । मेरो पिँढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफू । मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर । मैले सोच्न सकिनँ, सायद यही हडबडाहटमा बोल्न पनि जानिन । मेरो अहं, मेरो गर्व, मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकें त्यो मुहारलाई  १, २ र ३ गरेर छुट्याउनु मेरो हैसियतभन्दा धेरै माथिको कुरा लाग्यो । शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन । सबैसँग माफी माग्न चाहन्छु मेरो शब्दले असर पर्न गएकोमा । मैले आजसम्म जीवनमा सिनेमाबाहेक केही सोच्न वा गर्न सकेको छैन । मेरो सत्य यही हो, मलाई गलत नबनाइदिनु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव