२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेश हमालका फ्यानसँग सलोन बस्नेतले मागे माफी

२०७८, २४ आश्विन आईतवार ०७:४९

असोज २४, काठमाडौँ, न्युज कारखाना | बेलाबखतमा राजेश हमाललाई लिएर विवाद बढ्ने गरेका छन् । 'महानायक' उनलाई मान्ने कि नमान्ने भन्ने विषयमा विवाद हुने गरेको छ ।

गत वर्ष निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेशको विषयमा टिप्पणी गरेपछि उनले माफी नै माग्नु पर्‍याे । हमालका फ्यानले उनलाई सामाजिक सञ्जालमार्फत धम्की दिन थालेपछि दीपाश्रीसँग अन्य विकल्प नै रहेन । यस्तै भएको छ पछिल्लो समय पनि अभिनेता सलोन बस्नेतलाई ।

बालकलाकार हुँदै आफ्नो फिल्मी यात्रामा रहेका सलोनले आइतबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै राजेश हमालका फ्यानसँग माफी मागेका छन् । उनले हमाललाई महानायक नमान्नु सचेत मनको निर्णय नभएको भन्दै आफूलाई माफी दिन दर्शकसँग आग्रह गरेका छन् । 

केही समययता उनको फिल्मलाई दर्शकहरूले बहिष्कार गर्ने घोषणा गर्दै आएका छन् । फलत: उनको फिल्मको सार्वजनिक गीत र ट्रेलरमा नकारात्मक कमेन्ट धेरै छन् भने लाइकको तुलनामा डिसलाइक बढी । किनकि केही दिनअघि सलोनले आफूले खेलेको फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक कार्यक्रममा महानायकको परिभाषा थाहा नभएको प्रतिक्रिया दिएका थिए । योभन्दा अघि भने यही फिल्मको गीत सार्वजनिक कार्यक्रममा अभिनेता भुवन केसी र शिव श्रेष्ठले एक अर्कालाई महानायक र गौरी मल्ललाई महानायिका भनेपछि राजेश हमालका फ्यान भड्किएका थिए ।

सलोनले राजेश हमालका फ्यानबाट निरन्तर साइबर बुलिङ भएको भन्दै माफी माग्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

यस्ताे छ सलाेनकाे भनाइ

माफ गरिदिनुस् नेपाली जनता, समय विडम्बनाको थियो । म अल्मलिएका थिएँ र बुझ्न सकिनँ । मेरो हुर्काइ यही ठाउँमा भयो । म तिनै इतिहासका मायामा बढ्दै गएँ । म बुझ्न सक्ने हुनुभन्दा अगाडि नै एक महान व्यक्तिले ‘नेपालीबाबु’ नामक सिनेमामार्फत सिनेमा संसार बुझाइ दिनुभयो । ‘कर्म’ नामक सिनेमामा काम गर्दा आफ्नो बुवा हुँदाहुँदै अर्का महान हस्तीका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाका लागि गरिने त्याग र यसको महत्व बुझाए । जीवनमा सबैभन्दा बढी सिनेमा (कर्णवीर, ठूले, आशीर्वाद, हामी तीन भाइ, अनमोल आदि), सिनेमा जगतकै सबैभन्दा सफल अग्रज व्यक्तिसँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका सिप सिक्न पाएँ । मेरो पिँढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफू । मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर । मैले सोच्न सकिनँ, सायद यही हडबडाहटमा बोल्न पनि जानिन । मेरो अहं, मेरो गर्व, मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकें त्यो मुहारलाई  १, २ र ३ गरेर छुट्याउनु मेरो हैसियतभन्दा धेरै माथिको कुरा लाग्यो । शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन । सबैसँग माफी माग्न चाहन्छु मेरो शब्दले असर पर्न गएकोमा । मैले आजसम्म जीवनमा सिनेमाबाहेक केही सोच्न वा गर्न सकेको छैन । मेरो सत्य यही हो, मलाई गलत नबनाइदिनु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने